🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दही चोरको डीएनए टेस्ट

हाम्रो देशमा गम्भीर अपराधमा पनि डीएनए टेस्ट हुन मुस्किल हुन्छ । तर, विश्वमा यस्ता देश पनि छन् जहाँ कानूनलाई सर्वाेपरी ठानिन्छ । त्यसैले जस्तोसुकै अपराधमा पनि अपराधीले सजाय पाउने गर्दछन् । हो, ताइवानमा केवल २०० रुपैयाँको दही चोरीको मुद्दा दायर भएपछि अपराधी पत्ता लगाउन प्रहरीले फिंगर प्रिन्टको डीएनए टेस्ट गरेको छ ।

अझ, अचम्मको कुरा के छ भने उक्त डीएनए टेस्ट गर्दा ५० हजार रुपैयाँभन्दा बढी खर्च लागेको छ । खबरका अनुसार, ताइवानका एकजना  विद्यार्थीले आफ्नो फ्रिजबाट दही चोरी भएको रिपोर्ट दर्ज गराएकी थिइन । यसै विषयलाई लिएर प्रहरीले आफ्नो जाँच सुरु ग¥यो । प्रहरीले यति सानो कुरामा यत्रो खर्च हुने टेस्ट गरेका कारण आलोचना भएपनि केहीले कानूनी राज्यको नियम पालना भएको भन्दै प्रशंसा गरेका छन् । 

ताइपेईस्थित चाइनिज कल्चर यूनिभर्सिटीकी एकजना छात्राले आफ्नो फ्रिजबाट दही हराएको जानकारी गराइन । उनका आफ्ना नजिकका ५ साथीले पनि त्यसबारे जानकारी नभएको बताएका थिए । यसैकारण उनले प्रहरीमा यो रिपोर्ट दर्ज गराएकी थिइन । उनको दहीको खाली बोत्तल एक डस्टबिनमा फेला परेको थियो । अन्ततः प्रहरी  दही चोरलाई पक्रन सफल बनेको छ तर पनि आलोचनाबाट मुक्त हुन सकेको छैन ।