काठमाडौं, पुस ४ । ग्लोबल आइएमईले कैलालीको अत्तरियामा आफ्नो नयाँ शाखा विस्तार गर्दै शाखा कार्यालयको संख्या १३३ पु¥याएको छ । कैलाली जिल्लाको अत्तरिया र नजिकका क्षेत्रहरुमा सहज रुपमा सेवा पु¥याउने उद्देश्यले शाखा विस्तार गरिएको हो । २०७५ मंसिर २६ देखि सञ्चालनमा आएको उक्त शाखाले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्नेछ ।
यसैसँगै बैंकको १३३ वटा शाखा, १४१ वटा एटिएम, ६ वटाएक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११० शाखा रहित बैंकिङ्ग सेवा उपलब्ध गराउनेछ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, थप सुविधाहरुका साथ परिमार्जित एवं विस्तारित मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथै अष्टेलिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, बेलायत, कतार, युएई, अष्टे«लिया, भारत बराइन, जोर्डन, भारतलगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।




