🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

मन्त्री यादवको यो हर्कत !

काठमाडौं । मन्त्री पद पड्काउन जनता समाजवादी पार्टी नेपाललाई विना कारण विभाजन गरेर अशोक राईको नेतृत्वमा नयाँ जसपा गठन गरिएको थियो । पार्टी विभाजन गराए बापत तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीका दुई जना नेतालाई मन्त्री नै बनाएका थिए । तर, प्रचण्ड नेतृत्वको सरकार बहिर्गमन भएर यतिखेर ठूला दल काँग्रेस र एमाले मिलेर सरकार गठन गरेका छन् । वर्तमान सरकारमा राई नेतृत्वको जसपाका नेता प्रदीप यादवले खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् । यादवले मन्त्रालयको जिम्मेवारी सम्हालेको हप्ता दिन पनि नबित्दै मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशक रातारात मोटो  थैली हात पारेर परिवर्तन गरेका थिए ।

तत्कालीन महानिर्देशक सहचिव कमलराज श्रेष्ठलाई मन्त्रालयमा तानेपनि आजका दिनसम्म पनि कुनै जिम्मेवारी नदिई बरण्डामा हल्लाइरहेका छन् । त्यसअघि विभागको महानिर्देशकको जिम्मेवारी सम्हालिसकेका अर्का प्राबिधिक सहसचिव रमाकान्त दुवाडी पनि साँढे दुई महिना भन्दा अगाडिबाट नै महाशाखा नपाएर जिम्मेवारीविहीन अवस्थामा रहेका छन् । मन्त्री यादवले हाल मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख रहेका सहसचिव रामबाबु पुरीलाई पनि हटाएर नयाँ भित्र्याउने चलखेलमा लागेको खबर छ । सहसचिव पुरी भने यतिखेर विदेश भ्रमणमा रहेको बताइन्छ ।

तर, उनलाई पनि महाशाखाबाट हटाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत सहसचिव ऋषिराज आचार्यलाई भित्र्याउने तयारी उनले गरिरहेको मन्त्रालय स्रोतले बताएको छ । मन्त्री यादव खानेपानी मन्त्रालयमा आउनु अगाडि स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका थिए । त्यसैले  आफूले सामान्य प्रशासन मन्त्रालयबाट स्वास्थ्यमा भित्र्याएका आचार्यलाई खानेपानी मन्त्रालयमा भित्र्याएर आफू अनुकूलका काम लगाएर व्यक्तिगत स्वार्थपूर्तिमा लाग्ने योजनामा मन्त्री यादव रहेको स्रोतले बताएको छ । मन्त्री यादवले स्वास्थ्य मन्त्रालयमा निजी सचिव रहेका डोटी निवासी भक्तराज जोशीलाई खानेपानीमा पनि सोही भूमिकामा भित्र्याई सकेका छन ।

०७९ मंसिर अघि खानेपानी मन्त्रालयको नेतृत्वमा रहेका वाराका उमाकान्त चौधरीले झै मन्त्री यादवले पनि बिनाकारण कर्मचारी सरुवा गर्ने आफ्नो स्वार्थपूर्ति गर्ने योजनामा लागेको दुखेको कर्मचारीले गरेका छन् ।  

काविल र अनुभवी सहसचिवहरुलाई जिम्मेवारविहीन बनाएर राख्ने, प्रशासन महाशाखा प्रमुखलाई अनावश्यक रुपमा सरुवा गरेर आफू अनुकूलका इन्जिनियर, सिडिई र सुईहरूलाई मातहत निकायमा खटाएर थैली संकलन अभियान सञ्चालन गर्ने तयारीमा लागेको आरोप कर्मचारीले लगाएका छन् । सकेसम्म मधेशीमूलका कर्मचारी प्राथमिकता दिने र उनीहरुबाहेक अन्य कर्मचारीहरूलाई विश्वास नगर्ने मन्त्री यादवको कार्यशैली रहेको बताइन्छ । मन्त्रालयले गर्ने नियमित सरुवामा पनि मन्त्री यादव दररेट नै तोकेर इन्जिनियर, सिडिई र सुईलाई सरूवा गर्ने तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ ।

मन्त्री यादवले मन्त्रालयमातहत कार्यरत करारका एकजना कार्यालय सहयोगी र दुई जना कम्प्युटर अपरेटरहरुलाई हटाई सकेका छन् । कार्यालय सहयोगी अवध कुमार राजवंशी, अपरेटरद्वय सरिता राय र सुशिला नेपाललाई हटाएका छन् । उनीहरुको ठाउँमा आफ्ना मान्छे भर्ना गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ । तर, प्रशासन महाशाखा प्रमुख सहसचिव पुरी बिदेशबाट फर्कि नसकेकोले सदर हुन सकेको छैन । कार्यालय सहायक, सवारी चालक र कम्प्युटर अपरेटर जस्ता करार र ज्यालादारीका कर्मचारीहरू जसका पालामा भर्ना गरिएको भएपनि अनियमित कार्य नगरून्जेलसम्म नहटाउ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले निर्णय गरेको छ ।

तर, प्रधानमन्त्री कार्यालयको निर्णय विपरीत मन्त्री यादवले निहत्था र निमुखाहरुलाई जागिरबाट हटाएर उनीहरुको परिवारको गाँस खोसेर लात मार्ने काम गरेको आरोप पीडितहरुले लगाएका छन् । उनीहरू सबैको साउन–भदौ महिनामा सचिवबाट एकमुष्ठ निर्णय गरी म्याद थपेर काममा लगाइदै आएको छ । यस्ता कर्मचारीले दशैं पेस्की र पोशाक सुविधा पनि पाउँदैनन् । साथै विदा र शनिवारको दिनकोसमेत सुविधा नपाई महिनाको २४÷२५ हजारमा काम गर्दै आएका छन् । (साँघु साप्ताहिक, २०८१ भदौ १०)