🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ला लिगा : बार्सिलोनाको लगातार दोस्रो जित

काठमाडौं । स्पेनिस ला लिगमा बार्सिलोनाले लगातार दोस्रो जीत निकालेको छ । 

शनिबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिलबाओलाई २–१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जीतमा युवा स्टार खेलाडी लामिन यामल र भेट्रान खेलाडी रोबर्ट लेवान्डोस्कीले एक एक गोल गरेका थिए । बिलबाओको तर्फबाट ओहिन सानसेटले पेनाल्टीमा गोल फर्काए ।

२४ औं मिनेटमा यामलले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर ४३ औं मिनेटमा एथ्लेटिकका लागि पेनाल्टीमा सानसेटले बराबरी गोल गरे । ७५ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि अन्ततः बार्सिलोना २–१ गोलको जीत निकाल्न सफल भयो । बार्सिलोनाको लगातार दोस्रो जीत हो भने एथ्लेटिक बिलबाओले पहिलो हार बेहोरेको छ । 

ला लिगाकै अन्य खेलमा रियल सोसिडाडले इस्पानियोललाई १–० गोल अन्तरले पराजित गर्दा गेटाफेर भ्यालेन्सियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । त्यसैगरी ओसासुनाले मालोर्कालाई १–० गोल अन्तरले स्तब्ध बनाएको छ ।