🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महानगरपालिकाले आवश्यक कर्मचारी अझै टुङ्गो लगाएन

ललितपुर, २८ मङ्सिर (रासस) ः ललितपुर महानगरपालिकाले आफूलाई कति कर्मचारी आवश्यक पर्छ भन्ने निर्णय अझै गर्न सकेको छैन । कर्मचारीको संरचना बन्न नसक्दा यहाँ कति कर्मचारी चाहिने भन्ने टुङ्गो लाग्न नसकेको हो । उपमहानगरपालिकाका कर्मचारी र अहिले जिल्लाका विषयगत कार्यालयबाट आएका कर्मचारी कार्यरत छन् । 
 

नेपाल सरकारका कर्मचारी समायोजन नभएकाले महानगरलाई कति कर्मचारी आवश्यक पर्छ भनेर तय हुन नसकेको प्रवक्ता राजु महर्जनले बताए  । जिल्लाका विषयगत कार्यालयले गर्ने कामसँगै त्यहाँ कार्यरत कर्मचारी महानगरपालिकामा काजमा आएका छन् । उनले भने , “ती सबै कर्मचारी यहाँ आवश्यक छन्÷छैनन् वा त्योभन्दा बढी चाहिन्छ भन्ने त्यसपछि नै टुङ्गो लाग्नेछ ।” 

महानगरपालिकामा विषयगत कार्यालयका कर्मचारी आए पनि ती भवन र भौतिक सम्पत्तिको स्वामित्व भने अझै आएको छैन । उपमहानगरपालिका हुँदाको भवन अहिले अपर्याप्त हुँदा सेवाग्राही र कर्मचारी दुवै हैरान छन् ।

यहाँ भएका भवन कसले पाउने टुङ्गो लागे महानगरपालिकालाई सहज जानकारी दिँदै प्रवक्ता महर्जनले भने, “कर्मचारीले काम गर्न कोठा, टेबुल कुर्सी नै पाएका छैनन् भने यसको असर सेवाग्रहीलाई पनि परेको छ ।” 

विषयगत कार्यालयका धेरै कर्मचारी आउन चाहे पनि व्यवस्थापन गर्न नसकेकाले लिन नसकिएको महानगरपालिकाले जनाएको छ ।