🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

मिस एण्ड मिसेस यूनिर्भसलको अडिसनमा ३५ प्रतियोगी

काठमाडौँ । विवाहित र अविवाहित महिलाहरुबिचको सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस यूनिर्भसल २०२४ को अडिसन सकिएको छ ।

गएको शनिबार काठमाडौँको अनामनगरस्थित युनियन हाउसको हलमा सहभागी ३५ प्रतिस्पर्धीहरुको अडिसन गरिएको थियो । मिस एण्ड मिसेस यूनिर्भसलको तेस्रो संस्करण हो ।

प्रतियोगितामा नेपालका सात वटै प्रदेश गरी डिजिटल अडिसनबाट ७५ प्रतियोगिबाट छानिएर ३५ प्रतियोगिहरुको अडिसन सम्पन्न भएको कार्यक्रमकी संयोजक अमृता राईले जानकारी दिइन् ।

तेस्रो संस्करणको लागि अफिसियल कोरियोग्राफर दिक्पाल कार्की र असिस्टेन्ट कोरियोग्राफर परिका भण्डारी रहेका छन् । यस्तै आयोजक कम्पनी स्पार्कल इन्टरटेन्मेन्टकी अध्यक्ष नितु श्रेष्ठले मिस एण्ड मिसेस यूनिर्भसलले विवाहित र अविवाहित महिलाहरुको बौद्धिक क्षमतामा बृद्धि गर्ने बताउँछिन् ।

श्रेष्ठले महिलाहरु पुरुष सरह समाजमा काम गर्न सक्ने र कुनैपनि ठाउँको नेतृत्व सम्हाल्न सक्छन् भन्दै बिशेषगरी बिवाहित महिलाहरुलाई घर भित्रसँगै बाहिरको काममा पनि उत्तिकै क्षमतावान बनाउने उद्देश्य कार्यक्रमको रहेको जानकारी दिइन् ।

अडिसनमा हास्य कलाकार पल्पसा डंगोल (चम्सुरी), कोरियोग्राफर दिक्पाल कार्की, अभिनेता मनिस राउत, प्रयाङस्टार एलिस राई, हास्य कलाकार साथै जादुगर राजेन्द्र गिरी निर्णायक मण्डलको भूमिकामा रहेका थिए ।