🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

परराष्ट्रमन्त्री डा.राणा भारत प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छिन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरको औपचारिक निमन्त्रणमा आइतबार बिहान परराष्ट्रमन्त्री राणा त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

उनी भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम गर्नेछिन् ।

विदेशमन्त्री जयशंकरसँग दुई पक्षीय हित र नेपाल–भारत सम्बन्धका विविध पक्षमा कुराकानी हुने परराष्ट्र मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो भ्रमणबाट उच्च तहको नियमित भ्रमण आदान–प्रदानले नेपाल र भातबीचको वर्षौं पुरानो द्विपक्षीय सम्बन्ध अझ गाढा हुँदै जाने मन्त्रालयको विश्वास छ ।