🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्वास्थ्यका लागि फाइदाजनक करेलाको बिउ 

स्वादमा तितो करेला स्वास्थ्यका लागि भने निकै फाइदाजनक हुन्छ । करेलामात्रै नभई यसका बिउ पनि उत्तिकै फाइदाजनक मानिन्छ । 

कब्जियतको समस्यामा राहत पाउना लागि करेलाको बिउ आफ्नो भोजनमा समावेश गर्न सकिन्छ । यसले शरीरको मेटाबोलिजम बढाउन पनि उत्तिकै मद्दत गर्दछ । 

मधुमेहका बिरामीका लागि पनि करेलाको बिउ फाइदाजनक हुन्छ । करेला लोग्लाइसेमिक इन्डेक्स भएको फुड हो । यसको बिउले रगतमा चिनीको मात्रा नियन्त्रित राख्न मद्दत गर्दछ । 
करेलाको बिउ भोजनमा समावेश गर्न सकेको खण्डमा खराब कोलेस्ट्रोल नियन्त्रण गर्न र गुड कोलेस्ट्रोल बढाउन मद्दत मिल्छ । 

यसको सेवनले शरीरको प्रतिरक्षा बढाउन मद्दत मिल्छ र मौसमी रोगहरुबाट बच्न सकिन्छ । करेलाका बिउमा फाइबर, भिटामिन सी, आइरन, म्याग्नेसियम तथा पोटासियमजस्ता शरीरलाई आवश्यक पर्ने तत्वहरु हुन्छन् । 

बढेको तौल घटाउन र नियन्त्रणमा राख्न पनि करेलाको बिउले मद्दत गर्दछ । यसमा फाइबर प्रशस्त हुने गर्दछ र यसले विषाक्त पदार्थ शरीरबाट बाहिर निकाल्न मद्दत गर्दछ । (साँघु साप्ताहिक, २०८१ साउन २८)