🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गोँगबुमा बाघको छालासहित दुई जना पक्राउ

काठमाडौँ, २६ मङ्सिर (रासस) ः महानगरीय प्रहरी प्रभाग गोँगबुले बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । 

अवैध रूपमा वन्यजन्तुको आखेटोपहार खरीद बिक्री ओसारपसार हुँदै गरेको सूचनाको आधारमा प्रभागको टोलीले दोलखा गौरीशङ्कर गाउँपालिका–४ का ३४ वर्षीय बिक्रम तामाङ र सिन्धुली दुधौली नगरपालिका–५ का २२ वर्षीय तेज अधिकारीलाई मङ्गलबार पक्राउ गरेको हो । 

प्रभागका प्रमुख मोहनविक्रम केसीले पहेँलो रङ्गको झोलाभित्र आठ फिट आठ इन्च लम्बाइ र दुई फिट चौडाइ भएको बाघको छालासहित गोँगबुस्थित नयाँ बसपार्कको आकाशे पुलबाट तामाङ र अधिकारीलाई पक्राउ गरिएको जानकारी दिए । दुवै जनालाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँको जिम्मा लगाइएको छ । 
–––