🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

६६ लाखमा नक्कली सुन बेच्न खोज्दा दुई पक्राउ

 काठमाडौँ, २५  मङ्सिर (रासस) : महानगरीय प्रहरी परिसर काठमाडौँले रु ६६ लाखमा दुई किलोग्राम नक्कली सुन बिक्री गर्न खोज्दा दुई जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले बौद्ध स्तुपानजिक नक्कली सुनलाई सक्कली सुन भनी रु ६६ लाखमा बेचबिखन गर्न हिँडिरहेको अवस्थामा सिन्धुपाल्चोकका २३ वर्षीय लालबहादुर लामा र सिन्धुपाल्चोककै २२ वर्षीय राजीव तामाङलाई मङ्सिर २४ गते  दिउँसो पक्राउ गरेको हो । 

परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले नक्कली सुनलाई बेचबिखन गर्न हिँडिरहेको अवस्थामा एक÷एक किलोग्रामका दुईवटा बिस्कुट बरामद गरेको जानकारी दिए  । 

पक्राउ परेका तामाङ यसअघि पनि नक्कली सुनलाई सक्कली सुन भनेर बेचबिखन गर्दैै गरेको अवस्थामा पक्राउ परेर जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट धरौटीमा छुटेको अनुसन्धानमा खुलेका प्रवक्ता बोगटीले बताउनुभयो । पक्राउ परेको दुवै जनासँग आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ । 
–––