🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

रौतहटमा डुबेर बेपत्ता दुई जनाको शव बरामद

सञ्जय मिश्रा । रौतहट स्थित छुट्टाछुट्टै नदी खोलामा डुबेर बेपता भएको दुईजनाको शव प्रहरीले बरामद भएको छ । मंगलवार साँझ ५ बजेदेखि गरुडा नगरपालिका ९ स्थित डोरा खोलामा  डुबी बेपता भएकि बालिकाको शव बुधवार दिउँसो २ बजे बरामद भएको हो ।

मंगलवार साँझ स्थानिय ४ जना बालिकाहरु घाँस काट्नको लागी डोरा खोलाको पारीपट्टी जाने क्रममा सिसवाधमौरा बस्ने जितेन्द्र दासको छोरी बर्ष १० की प्रिन्जमा कुमारी दास खोलामा डुबी वेपता भएको प्रहरीमा जानकारी आएको थियो। साेही सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गरुडाबाट असईको कमाण्डमा गएको टोलीले खोजतलास गर्दा बालिका दासको सव घटना भएको स्थानबाट १ दक्षिण  पानी मुनि बालुवा माटोमा भाँसिएको अवस्थामा फेला पारेको छ ।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीले बताएका छन। मृतक बालिकाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको प्रहरीले जनाएको छ । यस अघि लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका परोहा नगरपालिका ४ का सर्वजीत रायको छोरा बर्ष १६ को सचिन कुमार रायको शव घटनास्थल बाट ४ किलोमीटर टाढा फेला पारेको सशस्त्रका एसपी बिक्रम हुमागाईंले बताए ।

गत आईतवार अपरान्ह ४ बजे आफ्नै गाउँ छेउको लालबकैया नदीमा नुहाउने क्रममा सचिन डुबेर बेपत्ता भएका थिए। घटनाको खबर लगतै सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट बिपद उद्धारका सामग्रीसहित गएका १० जनाको टोलीले लगातारको प्रयासपछि  मंगलवार अबेर साँझ घटनास्थल बाट ४ किलोमीटर टाढा बैरिया पुल नजिक लालबकैया नदीबाट सचिनको शव फेला पारेको  एसपी  हुमागाईंले बताएका छन ।