🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमालेका उम्मेदवार सिफारिस

राजविराज, १९ असोज (रासस) : नेकपा (एमाले) सप्तरीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।

प्रतिनिधिसभाका लागि क्षेत्र नं ३ बाट वर्तमान सांसद ताराकान्त चौधरीलाई प्रत्यक्ष उम्मेदवार बनाउन सिफारिस गरिएको एमालेले जनाएको छ । चौधरी दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरी क्षेत्र नं ४ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । यस्तै क्षेत्र नं ३ बाटै प्रतिनिधिसभाका लागि तीन जनाको नाम समानुपातिक उम्मेदवारमा सिफारिस गरिएको छ । सिफारिस भएकाहरुमा रामप्रीत पासवान, जगदीश साह र इन्दुदेवी माझी छन्  ।

त्यस्तै प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नं १ का लागि प्रत्यक्षतर्फ महेशप्रसाद चौधरीलाई सिफारिस गर्ने निर्णय भएकोको एमाले स्रोतबाट थाहा भएको छ । तीन जनाको नाम समानुपातिकमा पठाउनुपर्नेमा अन्यले पनि दाबी गरेपछि सहमति हुन नसकेका कारण ११ जनाको नाम पठाइएको एमाले सप्तरीले जनाएको छ । क्षेत्र नं २ का अध्यक्ष निरञ्जन चौधरीको अध्यक्षतामा बैठक बसेको थियो ।