🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गठबन्धनबाट देशले बलियो प्रतिपक्ष पाउने आशा छ : बिजुक्छे

नगरकोट, १९ असोज (रासस) : नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वामपन्थी र लोकतान्त्रिक गठबन्धनमध्येबाट देशले अब बलियो एक प्रतिपक्ष प्राप्त गर्ने आशा गरेको बताएका छन्  ।

सेवानिवृत्त शिक्षक समाज भक्तपुरद्वारा १९ असोजमा आयोजित कार्यक्रममा उनले प्रजातन्त्र बलियो बनाउन बलियो प्रतिपक्ष आवश्यक हुने र अहिलेको निर्वाचनले त्यो पूरा गर्नेमा आफू विश्वस्त रहेको बताए  ।

अध्यक्ष बिजुक्छेले चुनावलाई केन्द्रित गरेर वामपन्थी र लोकतान्त्रिक गठबन्धन बनाइएको हो भने यसले देशको दीर्घकालीन राजनीतिमा कुनै असर र प्रभाव नपार्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा उनले सेवानिवृत्त भएका भक्तपुरका छ जना वरिष्ठ शिक्षक शिक्षिकालाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै समाजद्वारा प्रकाशित ‘शैक्षिक अनुभव’ नामक पुस्तकको पनि विमोचन गरेका थिए ।
–––