🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रौतहटमा चार ला ख बढी अ बैध रुपैयाँसहित भारतीय नागरिक प क्राउ

रौतहट । रौतहटको सदरमुकाम गौरस्थित सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले  ४ लाख भन्दा बढी अबैध रुपैयासहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

गौर नगरपालिका २ भन्सार इलाकामा प्रस्तावित सीमा सुरक्षा गुल्म गौरका प्रमुख डीएसपी राजेश कुमार श्रेष्ठको कमाण्डमा सशस्त्र बल नेपाल र नेपाल प्रहरीको भन्सार सुरक्षा गार्डको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको वीआर ३० एसी ७९१४ नम्बरको मोटरसाइकल चेक जाँच गर्दा मोटरसाइकलको भाईजर भित्र लुकाएको ४ लाख ४० हजार रुपैया बरामद भएको हो ।

मोटरसाइकल चालक भारत बिहार जिल्ला सितामढी बैरगनिया -८ असोगी टोल बस्ने वर्ष ४७ को प्रदीप कुमार वर्मालाई श्रोत नखुलेको नेपाली रुपैया चार लाख चालिस हजार र हिरो स्प्लेन्डर मोटरसाइकलसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन् ।

पक्राउ परेका वर्मालाई आबश्यक कार्बाहीको लागि बरामद रुपैया र मोटरसाइकलसहित जिल्ला भन्सार कार्यालय गौरमा रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।