🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सहकारी ठगलाई कारवाही गर्छौं, सुशासनका लागि स्टन्ट गर्दैनौं- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारका पाँच प्रमुख प्राथमिकता रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारका पाँच प्राथमिकता रहेको बताएका छन् ।

उनले सरकारको प्राथमिकता थालनी गरेका काम समाप्त गर्ने रहेको बताए । उनले अहिलेसम्म जारी रहेका योजनाहरुको काम सम्पन्न गर्ने र अहिलेको विकास मोडललाई नै परिवर्तन गर्ने बताए । उनले नीतिगत सुधार, खर्च बढाएर तथा स्वदेशी उत्पादनको बढी प्रयोग गरेर अगाडी बढ्ने नीति बनाउने बताए ।

त्यस्तै प्रधानमन्त्रीले व्यवसाय मैत्री वातावारण बनाउने बताए ।  उनले सहकारीको नियमन गर्ने र बचत परिचालन गर्ने बताए । प्रधानमन्त्रीले लगानी जुटाउन विभिन्न कदम चाल्ने बताउने वैकल्पिक स्रोतको परिचालन गर्ने बताए ।

प्रधानमन्त्री ओलीले विकासको ढाँचा परिवर्तन नगरेसम्म विकासमा फड्को मार्न नसकिने बताउदै सूचना सूचना प्रविधि, पर्यटनलाई आर्थिक विकासको प्रमुख अधार बनाउने बताए ।

उनले कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाएर कृषि उत्पादनको निर्यात गर्ने बताए । उनले कृषिलाई अर्थतन्त्र मुख्य आधार बनाउने बताउने बताए । कुनै पनि बालबालिका भोकै बस्नु नपर्ने बताउदै प्रधानमन्त्रीले सरकारले यसबारे कदम उठाइसकेको बताए ।

उनले आफुहरुले भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने बताउदै सबै कालखण्डका प्रकरणको छानबिन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सहकारी ठगि गर्नेलाई कारवाही गर्ने बताउदै सुशासनका लागि स्टन्ट नगर्ने बताए ।