🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दाना कपमा सहभागी हुन नेपाली टोली डेनमार्क प्रस्थान

काठमाडौं । दाना कपमा सहभागी हुन नेपाली फुटबल टोली शनिबार डेनमार्क प्रस्थान गरेको छ ।

जुलाइ २२ देखि २८ तारिखसम्म हुने उक्त प्रतियोगितामा नेपालबाट ३ फरक उमेरसमूहको छात्र टोली सहभागी हुनेछ । यु–१२ उमेरसमूहमा कृशल लिम्बू, प्रविक तामाङ, सभ्यम अमात्य, बृमधा तामाङ, मिङमार गेलु शेर्पा, रिजन भुजेल, सन्चेस भुजेल र युनेश श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् ।

यु–१४ मा सिद्धार्थ देवकोटा, कश्यपराज थापा, शुभम् अमात्य, प्रजल बस्नेत, निक्सन केसी, शुलभध्वज जोशी र आदिप्त बस्नेतले खेल्ने छन् । यु–१६ मा गौरवबहादुर खड्का, गोरक्षजंग सुवेदी, आरुश पौडेल, अमर लिम्बू, युङड्रु वाङगेल गुरुङ, आलोक जिरेल, समिर गुरुङ, अमुल महर्जन, प्रतीक थापा, शुभम् थापा, सोहन बस्नेत, अध्ययन गुरुङ, अग्रिमजंग सिंह बस्नेत, ग्रेमन श्रेष्ठ, लिसन गुरुङ र जोसुअ बुढाथोकी सहभागी हुने छन् । यु–१२ र यु–१४ को प्रतिस्पर्धा भने सेभेन ए साइड स्वरुपमा हुनेछ ।

टिम व्यवस्थापकमा रमेश भुजेल र नारायण रोका, प्रशिक्षकमा अमिर विशुंखे, विनोद बुढाथोकी र आशिष कपाली रहेका छन् । प्रतियोगितामा ४५ भन्दा बढी राष्ट्रको सहभागिता रहने व्यवस्थापक रोकाले जनाएका छन् ।