🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एकमहिने बोलबम मेलाको कलशयात्रा सम्पन्न

महेन्द्रनगर (धनुषा), ५ साउन । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरस्थित त्रेताकालीन देवाधिदेव महादेव राजर्षि जनकको आराध्यदेव बाबा कपिलेश्वरनाथ महादेव स्थानमा लाग्ने एकमहिने बोलबम मेलाका अवसरमा गरिने भव्य कलशयात्रा सम्पन्न भएको छ ।

कपिलेश्वरनाथ युवा कमिटीद्वारा आज आयोजित उक्त विशाल धार्मिक अनुष्ठानरूपी शान्ति कलशयात्रा बाबा कपिलेश्वरनाथ महादेव स्थानबाट झाँकी एवं बाजागाजासहित हजारौँको सहभागितामा शुभारम्भ भई देवभूमि कपिलेश्वरको विधिवत परिक्रमा गरी गङ्गासागरमा जल भरेर जनकपुरधामका सबै भागको शुभयात्रा गरी पुनः बाबा कपिलेश्वरनाथ स्थानमा पुगी धार्मिकसभामा परिणत भएको थियो ।

सभालाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सचिव एवं मन्त्री रघुवीर महासेठले सम्बोधन गर्दै धार्मिक धरोहर, पुरातात्विक महत्त्वको अलौकिक तथा कलात्मक मूर्ति विराजमान यस पर्यटकीयस्थलको संरक्षण र संवर्द्धन गर्न/गराउन सरोकारवाला निकायलाई विशेष आग्रह गर्नुभयो । 
–––