🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कांग्रेस प्रतिपक्षमै बस्ने इच्छा प्रचण्डले बदलिदिए : महामन्त्री थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीका कारण एमालेसँग सहकार्य गर्नुपरेको स्पष्ट पारेका छन् । 

नेपाली काँग्रेस जिल्ला कार्यसमिति भोजपुरले वीपी कोइरालाको ४२औं स्मृति दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रममा उनले आफूहरु प्रतिपक्षमै बसेर काम गर्ने इच्छा हुँदाहुँदै परिस्थिति फरक बनेको बताएका हुन् ।

‘माओवादीको अध्यक्षले हामीसँग गठबन्धनमा रहेकाबेला पनि एउटासँग विवाह गर्ने र अरु-अरु तिर चियाउन जान थाले । एमालेसँगको गठबन्धनमा पनि उहाँले त्यस्तै प्रवृत्ति देखाउनुभयो । एमालेसँगको गठबन्धनमा रहदा पनि हामीसँग भेटेको बेला एमालेसँग सहज अवस्था भएन भन्नुहुन्थ्यो । दुई पार्टीको अध्यक्ष टाढिएपछि आजको अवस्था बन्यो । प्रचण्डले त्यस्तो काम नगरेको भए यो नयाँ सरकार बन्दैन् थियो होला,’ उनले भने । 

माओवादी, एमाले, रास्वपालगायतका पार्टीहरु नै मिलेर सरकार संचालन गरोस भन्ने आफूहरुको इच्छा रहेको भएपनि परिस्थिति बदलिएको उनको धारणा थियो । ‘हामी प्रतिपक्षमा बसेर पार्टीलाई संगठित गर्ने र पार्टीभित्रको फोहोरहरु सफा गर्ने, पार्टीलाई बलियो बनाउने अभियानमा थियौं । तर परिस्थिति बदलियो,’ उनले भने ।

फरक प्रसंगमा उनले नयाँ सरकार बन्नेक्रममा समझदारीलाई नेपाली काङ्ग्रेसले इमान्दारका साथ पालना गर्ने र एमालेले पनि गर्छ भन्ने आफूलाई विश्वास व्यक्त गरे । ‘अब दुई वर्ष अहिलेको सरकार चल्छ । त्यसपछिको १८ महिना हाम्रो सरकार चल्छ । यस बीचमा एकपटक मात्र सरकार परिवर्तन हुन्छ भन्ने समझदारी छ,’ उनले भने ।