🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आफ्नो विषयमा प्रकाशित समाचारमा कुनै सत्यता नभएको मञ्जु क्षेत्रीको दाबी 

काठमाडौँ,१ साउन ।  पर्वतकी मञ्जु क्षेत्रीले आफ्नो विषयमा प्रकाशित समाचारमा कुनै सत्यता नभएको दाबी गरेकी छन् ।

गत असार २९ गते साँघु अनलाइनमा प्रकाशित ‘ब्वाइफ्रेण्ड सुवेदीलाई अमेरिका पठाएर एसएसपी रेग्मीसँग यसरी चल्दै थियो मञ्जुको चक्कर !’ शीर्षकको समाचारमा उनले आपत्ति जनाएकी हुन् । 

समाचारमा उनको र एसएसपी दिपक रेग्मीको अनैतिक सम्बन्धबारे उल्लेख छ । उनले त्यसको खण्डन गरेकी छिन् । समाचारमा गलत प्रचार गरिएको उनको दाबी छ । उनले साँघुलाई पठाएको खण्डनमा लेखिएको छ,‘हाल मेरो केस सम्मानित बाग्लुङ अदालतमा विचाराधीन रहेका कारण म धेरै बोल्न नमिल्ने अवस्थामा छु । म सम्पूर्ण जवाफ र स्पष्टीकरण दिने नै छु ।’

उनले आफ्नो श्रीमान् दीपक थापा नेपालमा अपराध गरेर भागेको व्यक्ति भएको बताएकी छिन् । आफूमाथि लगाइएको आरोप सबै झुटो भएको उनको जिकिर छ । हुँदै नभएको कुरामा प्रहरीलाई पनि बद्नाम गराउन खोजेको उनी बताउँछिन् ।