🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

Cash App मार्फत ५ करोड बराबरको कारोबारमा संलग्न गिरोह पक्राउ

काठमाडाैं । Cash App नामक Online Application प्रयोग गरी अबैध रुपमा आर्थिक कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा प्रारम्भिक अनुसन्धान गर्दै जाँदा जिल्ला मोरङ बिराटनगर घर बताउने हाल अमेरिका बस्ने मनिष कुमार बुढाथोकीले पक्राउ परेका छन् ।

निजले  गौरभ भट्टराई, सुजन दाहाल, सिद्धार्थ नेपाली, आशुतोष कोईराला, मिलन मिश्रलाई Cash App  Server को Access  दिई ६ ओटा ईसेवा वालेट, ५ ओटा Connect IPS Account र सोहि Account हरुमा Linkup भएका १९ ओटा विभिन्न बैंकका खाताहरु समेतमा अबैध तरिकाले Cash App मार्फत ५ करोड बराबरको आर्थिक कारोबार गरेको अनुसन्धानबाट खुल्न आए पश्चात उक्त कार्यमा संलग्न ब्यक्तिहरुलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय
टेकु, काठमाण्डौंले पक्राउ गरेकाे छ ।

 साे प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाण्डौं उपत्यकाको विभिन्न स्थानबाट विभिन्न IPhone ब्राण्डका मोबाईल थान-५, विभिन्न कम्पनीका ल्यापटप थान-३ समेत  ५ जनाको साथबाट बरामद एवं पक्राउ गरेकाे हाे ।

   निजहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद- ५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने) कसुरमा र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्रा प्रयोग गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं पठाइएकाे काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएकाे छ ।