काठमाडौं, मंसिर १३ । काठमाडौंको न्यूरोडस्थित एक कार दुर्घटना हुँदा १२ जना पैदल यात्रु घाइते भएका छन् । नेपाल वायुसेवा निगम परिसरबाट बाहिरिंदै गरेको कार अनियन्त्रित भई दुर्घटना भएको हो । बा १८ प ४७७३ नम्बरको कारले पैदल यात्रुलाई ठक्कर दिएको हो । कार चालक भेषराज पौडेल प्रहरीको नियन्त्रणमा छन् ।
कारमा ब्रेक नलाग्दा दुर्घटना भएको पौडेलले बयान दिएका छन् । घाइतेहरु पैदल यात्रुहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।



