🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

अर्थका कुन कुन सहसचिवको निदहराम ! : अर्थ सचिव मरासिनी गफमै व्यस्त

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तर्साएका अर्थ सचिव मधुकुमार मरासिनी यतिखेर अप्ठ्यारो र विवादित विषयमा हत्पत कलम चोबेर सही गर्दैनन् । महाशाखाका उपसचिव र सहसचिव, राजस्व सचिव हुँदै मन्त्रीबाट निर्णय गराएर आफू भने निर्णय गर्नबाट उम्किने गरेको बताइएको छ । उनको मन्त्रालयको दैनिकी भनेको दिनभरी भेटघाट, खोक्रो आदर्श र सुशासनका गफ छाँटेर दिन कटाउने रहेको  रहेको अर्थ स्रोत बताउछ । 

तत्काली अर्थमन्त्री जनार्दन शर्माको पालामा झै यसपटक भने बजेटमा कुनै चलखेल गर्न नपाएपछि उनी एक वर्ष बाँकी रहेको सचिवको कार्यकाल व्यतीत गर्ने र पेन्सन पकाउने एक सूत्रीय अभियानमा केन्द्रित रहेको मन्त्रालयमा चर्चा हुने गरेको छ ।

लक्ष्यअनुसारको राजस्व संकलन, भन्सार, आन्तरिक राजस्व कार्यालयको संस्थागत सुधार,  स्रोत–साधन, जनशक्ति वृद्धि, राजस्व चुहावट र छलि कम गर्ने विषयमा अर्थ सचिव मधुको ध्यान केन्द्रित हुन सकेको छैन । पुँजीगत खर्च बढाउने, विदेशी राष्ट्र र दातृसंस्थाबाट अनुदान रकम भित्र्याउन पहल गर्ने विषयमा उनले कुनै चासो नदिएको स्रोतले दावी गरेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंकबाट लचिलो मौद्रिक नीति र आर्थिक नीति ल्याउन पनि उनी गम्भीर भएर लागेको देखिंदैन । मन्त्रालयमा सरुवा भएर आएका केही सहसचिवहरुको व्यवस्थापन गर्नलाई नै सचिव मरासिनीलाई चार महिना समय लागेको थियो ।

 यसबाट नै प्रष्ट हुन्छ कि उनले मन्त्री वर्ष मान पुनलाईसमेत उचित सल्लाह र सुझावसमेत दिन सकेको पनि पाइएन । मन्त्रालयका महाशाखाहरूमा क्षमताहीन र कर, राजस्व प्रशासनका ज्ञान नभएका अनुभवहीन सहसचिवहरूले भरिएका छन् । जसले गर्दा अर्थ मन्त्रालयका कामले गति लिन नसकेको आरोप लाग्ने गरेको छ । मन्त्रालयमा भित्रिएका सहसचिवहरूलाई व्यवस्थापन गर्न तीन–चार महिना समय लाग्दा पनि अर्थ सचिवले कुनै लज्जाबोधको महसुस नगरेको मन्त्रालयको स्रोतले बतायो  । मन्त्रालयको आकर्षक र महत्वपूर्ण मानिने बजेट तथा कार्यक्रम महाशाखामा राजस्व प्रशासन नै नबुझेका कनिष्ठ सहसचिव नरेन्द्र कुमार रानालाई जिम्मेवारी दिएर मन्त्री पुनलाई रिझाएको आरोप उनीमाथि लागेको छ ।

सचिव मरासिनीले यस अघि आफ्नो योग्यता, अनुभव, क्षमता, विवेक र अनुभवले काम गर्ने गरेको, तर हाल चाहिं माथिको आदेश पालक भएर काम गर्ने गरेको आरोप खेपिरहेका छन् । त्यही भएर उनले राजश्व प्रशासन बुझेका वरिष्ठ सहचिवहरुलाई मन्त्रालयभन्दा बाहिर पठाएर अनुभवहीन र कनिष्ठहरुलाई महत्पूर्ण महाशाखाको जिम्मेवारी दिएको भन्दै उनको कार्यशैलीको मातहतका कर्मचारीले भित्रभित्रै विरोध जनाउँदै आएका छन् । 

यसअघि भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका सहसचिव नरेन्द्र रानालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेनु दाहालको आदेशमा मन्त्रालयमा भित्र्याइएको थियो ।

स्रोतका अनुसार, रानालाई रेणुले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउन खोजेकी थिइन् । तर, सो विभागमा सहसचिव कमल प्रसाद भट्टाराईले बाजी मारेपछि उनी अर्थमा भित्रिएका थिए । भन्सार विभागको महानिर्देशकमा पनि सचिव मरासिनीले अनुभवी र भन्सार प्रशासन बुझेकालाई पठाउन नसकेको आरोप खेप्दै आएका छन् । मन्त्री पुनको इच्छाविपरीत प्रधानमन्त्री प्रचण्डका निजी सचिव रहेका अर्जुन भण्डारीलाई रिझाउन उनले सिफारिस गरेका विवादस्पद र चाकडीबाज सहसचिव ढुण्डीप्रसाद निरौलालई खटाएका थिए ।

सहसचिव रामप्रसाद आचार्यले मन्त्रालयमा भित्रिएको चार महिनापछि मात्र बल्ल प्रशासन महाशाखाको जिम्मेवारी पाएका छन् । उनले पनि राजस्व प्रशासनका कर्मचारीलाई खासै चिन्दैनन् । 
त्यसकारण मन्त्री पुनका नातेदारसमेत रहेका उपसचिव कमान सिंह थापा मगरको हैकम यतिखेर प्रशासन शाखामा निकै चल्दै आएको स्रोत बताउँछ । उनी माओवादीको सरकार गठन हुनासाथ अवसर लिने उपसचिवमा दर्ज हुँदै आएका छन् ।

०७९ पुषमा माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा एमालेसहितको सरकार गठन भएपश्चात कमान सिंह थापा मगरले महत्वपूर्ण अवसर प्राप्त गर्दै आएका छन् । तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी हुँदा उनी कर्मचारी प्रशासन शाखा प्रमुख रहेका थिए । त्यसबेला उनले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको खटनपटन गर्दा राम्रै उठ्तीपुठ्ती गरेको आरोप खेप्दै आएका छन् । मोदी मन्त्रीबाट हटनासाथ उनले गृह मन्त्रालमा  जम्प गरेका थिए ।

तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजीको कार्यकालमा पनि कमान सिंह थापा मगर प्रशासन शाखा प्रमुख भएर हालीमुहाली गरेका कर्मचारी हुन् । श्रेष्ठ परराष्ट्र मन्त्रालयको नेतृत्वमा पुगेपछि उनी अर्थ मन्त्री पुनको योजनामा सरुवा भएर प्रशासन शाखाको हर्ताकर्ता हुन पुगेका छन् । आर्थिक वर्ष सकिए लगत्तै कर्मचारीको सरुवामा उनले ठुलै चलखेल गर्ने योजना तय गरिसकेका थिए । तर, सरकार नै अल्पमतमा परेर विदा हुने बेला भएको छ । अब नेकपा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपाली कांग्रेसको समर्थनसहित नयाँ राष्ट्रिय सरकार गठनको तयारी भइरहेको छ ।

अर्थ मन्त्रालय एमालेका भागमा पर्ने सहमति भैसकेको स्थितिमा कमान सिंह थापा मगरको निदहराम भइसकेको उनी निकट स्रोतले बताएको छ । प्रधानमन्त्री प्रचण्ड, अर्थ मन्त्री पुनले भरेका उपसचिव, सहसचिव र सचिव सरूवामा पर्ने निश्चित जस्तै भएको छ । जसले गर्दा माओवादी केन्द्र निकट कर्मचारीहरु भने निराश हुन पुगेको चर्चा अर्थमा हुने गरेको छ । ओली नेतृत्वको भावी राष्ट्रिय सरकारको अर्थ  मन्त्रीमा विष्णु प्रसाद पौडेल आउने चर्चा भइरहेको छ । त्यसो भएको खण्डमा भने सहसचिव धनीराम शर्माले आन्तरिक राजश्व विभाग, बजेट तथा कार्यक्रम महाशाखामा श्रीकृष्ण नेपालले पाउने चर्चा मन्त्रालयमा चलेको छ ।

हाल बजेटमा रहेका सहसचिव राना, प्रशासन महाशाखाका प्रमुख आचार्य, राजस्व महाशाखा प्रमुख रहेका उत्तर कुमार खत्रीहरु मन्त्रालयबाट वाहिरिने चर्चा चल्दैछ । सहचिव खत्री गृह मन्त्रालयमा जान सक्ने स्रोतले बताएको छ । आचार्य प्रशासन महाशाखा प्रमुख भएपछि कुर्सीविहीन बनेका डा. टोकराज पाण्डे ठुलाकरदाता कार्यालय हरिहरभवन जान खुट्टा उचालेर बसेका थिए ।

तर, सरकारको नेतृत्व परिवर्तन भएसँगै उनी निराश हुन पुगेको चर्चा छ । अब उनी कहाँ पुग्छन् भन्न सकिने स्थिति छैन । आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारी, भन्सार विभागका महानिर्देशक ढुण्डी प्रसाद निरौलाको पद पनि धरापमा पर्ने संभावना बढेको छ । आन्तरिक राजस्व विभागको उपमहानिर्देशकमा कर छलि र चुहावटको प्रकृतिसँग प्रत्यक्ष अनुभव नभएका, आन्तरिक राजस्व कार्यालयमा नबसेका सहसचिव सेवन्तक पोखरेल र पार्वती शर्मा उपमहानिर्देशक रहेका छन् ।

यी दुईमध्ये एकजनालाई सरूवा गरेर कर प्रशासन सम्वन्धी राम्रै जानकार र हाल ठुला करदाताका कार्यालयको प्रमुख रहेका सहसचिव जनक शर्मालाई विभागको उपमहानिर्देशक बनाउने तयारी चलिरहेको थियो । तर, मन्त्री पुन र सचिव मरासिनीको योजना भताभुंग भएसँगै आकर्षक विभाग र कार्यालयमा जान खुट्टा उचालेर बसेका सहसचिवहरुको निदहराम हुन पुगेको चर्चा छ । (साँघु साप्ताहिक, २०८१ असार २४)