🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जर्जियाकाे राष्ट्रपतिमा सालोम जुराबिशभिली निर्वाचित

टिब्लीसी, १३ मङ्सिर  / जर्जियामा भएको निर्वाचनमा  सत्तारुढ दलकी सालोम जुराबिशभिली राष्ट्रपतिमा निर्वाचित भएकी छन । सत्तारुढ दलका तर्फबाट उम्मेदवार भएकी सालोम जर्जियाको पहिलो महिला राष्ट्रपति बन्न सफल भएकी छन । 

करिब ९९ प्रतिशत मतगणना सम्पन्न हुँदा फ्रान्समा जन्मेकी पूर्व कुटनीतिज्ञ सालोमले करिब ६० प्रतिशत मत प्राप्त गर्नुभएको छ । राष्ट्रपतिका लागि बुधबार दोस्रो चरणको मतदान भएको थियो । तर, विपक्षी दलहरुले मतदानमा धाँधली भएको जनाउँदै सडक प्रदर्शन गर्ने बताएका छन् । 

एघार विपक्षी दलको गठबन्धनबाट उम्मेदवार हुनुभएका ग्राइगोल भाशाजले ४० प्रतिशत मत प्राप्त गर्नुभएको छ । हाल निर्वासनमा रहनुभएको पूर्व राष्ट्रपति मिखाइल साकासभिलीको नेतृत्वमा ११ दलको गठबन्धन निर्माण गरिएको थियो । 

यो निर्वाचनलाई जर्जियाको लोकतान्त्रिक अभ्यास र जनताको अभिरुचि परीक्षणका रुपमा पनि हेरिएको छ । जर्जियाले युरोपेली युनियन र नेटोको सदस्यताका लागि पहल गरिरहेको छ । 

साथै सन् २०२० मा हुने संसदीय निर्वाचनलाई समेत यस पटकको राष्ट्रपतीय निर्वाचनले प्रभाव पार्नेछ । उक्त चुनावमा सत्तारुढ जर्जियन ड्रिम पार्टीले धेरैवटा विपक्षी दलहरुसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । जर्जियन ड्रिम पार्टीले जुराबिशभिलीलाई राष्ट्रपतिका लागि समर्थन गरेको छ । 

नवनिर्वाचित ६६ वर्षीया जुराबिशभिली रुसी रेड आर्मीले जर्जियालाई रुसमा विलय गरेपछि सन् १९२१ मा पेरिसतर्फ निर्वासित भएका एकजना जर्जियाली शरणार्थीकी छोरी हुन् । उहाँ जर्जियाको स्वतन्त्र सांसद पनि हुनुहुन्थ्यो । पूर्व राष्ट्रपति साकाशभिलीले उहाँलाई विदेशमन्त्रीमा नियुक्त गर्नुभएको थियो । 

तर एक वर्ष नतिब्दै पार्टीभित्रको द्वन्द्वका कारण उहाँलाई विदेशमन्त्रीबाट हटाइएको थियो । उहाँको समर्थनमा हजारौंले राजधानी टिब्लीसीमा विरोध प्रदर्शन पनि गरेका थिए । 

गत अक्टोबर २८ मा भएको पहिलो चरणको चुनावमा जुराबिशीभिलीले ३९ प्रतिशत र अर्का उम्मेदवार भाशाजले ३८ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । 

जर्जियामा ३५ लाख मतदाता रहेका छन् । निर्वाचनमा करिब ५६ प्रतिशत मतदान भएको थियो । (रासस/एएफपी)