🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मन्त्री र सचिव नै गर्दैनन् मापदण्ड कार्यान्वयन : नयाँ नेतृत्व आउनासाथ सरुवा मापदण्ड परिवर्तन ?

काठमाडौं । हरेक पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्व परिवर्तन भएसँगै कर्मचारीहरुको सरुवा मापदण्ड र कार्यविधि नयाँ बन्ने गरेको छ । तर, सो मापदण्डलाई कार्यान्वयन गर्न भने मन्त्री र सचिवले नै अरुची देखाउने गरेको गुनासो कर्मचारीहरुले गरेका छन् । जसका कारण कर्मचारीहरुको मापदण्ड विपरीत सरुवा गरेकै कारण मन्त्रालयको नेतृत्व नै बद्नाम हुने गरेको छ ।  वर्तमान मन्त्री भानुभक्त जोशीले मन्त्रालयको नेतृत्व सम्हाले यता तीनपटक सरुवा मापदण्ड र कार्यबिधि तयार भइसकेको समाचारस्रोतले जानकारी दिएको छ । 

तरपनि लागु गर्न भने मन्त्रालयको नेतृत्व असफल देखिएको मन्त्रालयमा सचिव भएर काम गरिसकेका एकजना सचिवले बताएका छन । ती सचिवका अनसार आफू सो मन्त्रालयमा कार्यरत हुँदा नै बर्तमान मन्त्री जोशीलाई सात दिन भित्रमा नै मापदण्ड तयार गरेर हातमा थमाइदिएका थिए । तर, मन्त्रीले सो मापदण्ड कार्यान्वयन गर्न आँट नगरेको उनले दावी गरेका छन ।

त्यसपछि आफू सरुवा भएर हिंडेको र नयाँ सचिव आएपछि अर्को मापदण्ड तयार गर्न लगाएका थिए । तर, सो मापदण्डलाई पनि उनको दलको नेताहरुको दवावका कारण लागु गर्न नसकेको उनले दावी गरेका छन् । राजनीतिक दलपिच्छेका कर्मचारी संगठन, टे«ड यूनियनका नेता, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री र आफ्नै दलका प्रमुख नेताहरुको दवाव थेग्न नसक्दा पटक पटक मापदण्ड तयार गरेर कर्मचारीको सरुवा गर्दा मापदण्डअनुसार गर्न खोजेको भएपनि मन्त्री र सचिवले कार्यान्वयन गर्न नसकेको नाम उल्लेख नगरिदिने शर्तमा ती सचिवले बताएका छन् । जसले गर्दा निजामती कर्मचारी प्रशासनमा बेथिति बढ्दै गएको उनले दावी गरेका छन् ।

बाह्रै महिना कर्मचारीको सरुवा
 सामान्य प्रशासन मन्त्रालयले जेठ असार लागेपछि पनि स्थानीय तह र अन्तर मन्त्रालयमा कर्मचारीको सरुवा गर्दै आएको छ । सामान्यको सिको गर्दै विभिन्न संघीय मन्त्रालयहरुले कर्मचारीको सरुवा गरेर निजामती सेवा ऐनलाई चुनौती दिंदै आएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जेठको अन्तिम साता र असारको पहिलो हप्ता सहसचिवस्तरका कर्मचारीको सरुवा गर्दा सामान्य प्रशासन मन्त्रालयको सहमति बिनै गरेको छ । अर्थ मन्त्रालयले पनि सहमतिबेगर नै आन्तरिक रुपमा असारको दोश्रो हप्ता पाँच जना सहसचिवहरुको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलेसमेत बेमौसमी समयमा कर्मचारीको सरुवा गरेर सामान्य प्रशासन मन्त्रालयलाई च्यालेञ्ज गरेको बताइएको छ ।

अघिल्लो हप्ता मात्र प्रधानमन्त्री कार्यालयले राजश्व अनुसन्धान कार्यालय पथलैयामा कार्यरत प्रमुख उपसचिवस्तरका प्रेम देवकोटालाई सरुवा गर्दै नयाँ कर्मचारीलाई खटाएको छ । यी त केही प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । सामान्य प्रशासन मन्त्रालयले तीन साता अघि विभिन्न निकायमा कार्यरत १७ जना उपसचिवहरूको अवधि पूरा नहुँदै सरुवा गरेको थियो । सामान्य मन्त्रालयले साउन, अन्य मन्त्रालयहरुले भदौ र विभागहरुले असोजमा आफू मातहत निकायका कर्मचारीहरुको सरुवा गर्नुपर्ने निजामती सेवा ऐनमा उल्लेख छ ।

सो ऐन विपरीत सामान्य प्रशासनलगायत संघीय मन्त्रालहरुले जुनसुकै महिनामा पनि कर्मचारीको सरुवा गरेर साउन, भदौ महिनामा मनाइने गरेको गाइजात्रा पर्वलाई जुनसुकै महिनामा मनाउन सकिने सन्देश प्रवाह गरेको भन्दै प्रशासनका जानकारहरुले मन्त्रालयको कार्यशैलीप्रति आक्रोश पोखेका छन् । 

ऐन विपरीतको कार्य
जानकार स्रोतकाअनुसार, दुई वर्ष एकै ठाउँमा काम गरिसकेका कर्मचारीहरूलाई भौगोलिक अनुकूलता मिलाई अन्तर मन्त्रालय सरूवा गर्नुपर्ने कानूनी प्रावधान रहेको छ । साउन अन्तिमदेखि भदौ महिनामा मन्त्रालय अन्तर्गतको सरूवा, असोज १५ भित्र विभागले गर्ने सरूवा असोज महिनाभित्र गर्नुपर्ने निजामती ऐन र नियमावलीमा व्यवस्था गरिएको छ ।\\

तर, अहिले वर्षभरी नै अन्तर मन्त्रालय र मन्त्रालयगत सरूवा हुँदै आएका छन् । जसका कारण इमानदार र कर्तव्यनिष्ठ कर्मचारीहरूलाई समस्या परेको  बताइन्छ । सामान्य प्रशासन मन्त्रालयले ०८१ जेठ अन्तिम हप्ता १७ उपसचिवहरूको अन्तर मन्त्रालय सरूवा गरेको थियो । जसमा शिक्षा विकास तथा समन्वय इकाई इलामका उपसचिव तारानाथ निरौलालाई भाषा आयोगमा सरुवा गरेको थियो ।

मन्त्रालयको अतिरिक्त समूहमा रही कामकाजका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश खटाइएका उपसचिव तारा ज्ञवालीलाई फिर्ता बोलाइएको स्रोतले बताएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राजश्व अनुसन्धान बिभागमा कार्यरत उपसचिव टेकबहादुर अर्याललाई अर्थ मन्त्रालय खटाइएको छ । गोकर्णेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिसकेका उपसचिव वैकुण्ठ प्रसाद सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

हरेक मन्त्रालय सरुवा
प्रधानमन्त्री कार्यालयले उनलाई यतिखेर राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा खटाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव रामकृष्ण श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिव चिरञ्जीवी नेपाललाई मन्त्रालयको कामकाजमा खटाइएको छ । मन्दिरा पोखरेल काफ्लेलाई मुस्लिम आयोगमा र उपसचिव सुशीला पौडेल दाहाललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ ।

  उपसचिव पुष्कर भट्टराईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा र लिलाधर अवस्थीलाई पर्यटन मन्त्रालयमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गतका उपसचिव मनोज रेग्मीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरवन्दी रही कामकाजमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत खटाईका उपसचिव राजु खनाललाई मन्त्रालयको अतिरिक्त समूह मै काज फिर्ता सरुवा गरिएको स्रोतले जानकारी दिएको छ ।

रक्षा मन्त्रालयकी उपसचिव कविता निरौला ढुंगेललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालमा सरुवा गरिएको छ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतका उपसचिव दीपक ढकाललाई सामान्य प्रशासन मन्त्रालयमा र राष्ट्रिय सतर्कता केन्द्रका सिडिई उपसचिव धर्मेन्द्र कुमार झालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका सिनियर डिभिजनल केमिष्ट शंकर प्रसाद पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा र सो मन्त्रालयमा अन्तर्गत कार्यरत केमिष्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।

१३ शाखा अधिकृको पनि सरूवा 
सामान्य प्रशासन मन्त्रालयले गएको असारको पहिलो हप्ताा ३ जना शाखा अधिकृतस्तरका कर्मचारीको सरुवा गरेको छ । गृह मन्त्रालय वा अन्तर्गतका शाखा अधिकृत विष्णुहरि तिमल्सिनालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गर्दै काजमा निजामती कर्मचारी अस्पतालमा खटाएको छ ।

खानेपानी मन्त्रालय वा अन्तर्गतका मेकानिकल इन्जिनियर राजेन्द्र कुमार ठकुरीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको मेकानिकल इन्जिनियर सन्तोष मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी भई कामकाजमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशका इन्जिनियर करण सिंह बडाललाई शहरी विकास मन्त्रालय सरुवा गरिएको छ ।

शहरी विकास मन्त्रालयअन्तर्गतका इन्जिनियर कृष्ण थापालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतका इन्जिनियर नारायण ओलीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी राखेर कामकाजः मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरूवा गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका शाखा अधिकृत खेमराज मरासिनीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ ।

गृह मन्त्रालय  अन्तर्गतका शाखा अधिकृत हरि प्रसाद चपाइलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका शाखा अधिकृत शीतल बहादुर रावललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका शाखा अधिकृत दीपक रिजाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी राखेर काजमा विज्ञापन बोर्डमा खटाइएको छ । सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका शाखा अधिकृत मनिक मान महर्जनलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय  अन्तर्गतका शाखा अधिकृत नमोनाथ प्रसाद यादवलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ । सामान्य मन्त्रालयको अतिरिक्त समूहमा रहेका शाखा अधिकृत बाबुराम पाण्डेलाई अतिरिक्त समूहमा दरबन्दी राखेर काजमा विज्ञापन बोर्डमा सरुवा गरिएको बताइएको छ ।  

 
२३ जना नासु तथा खरिदारको सरूवा
सामान्य प्रशासन मन्त्रालयले अवधि पूरा भएका रिक्त स्थानमा आर्थिक चलखेलका आधारमा कम्प्युटर अपरेटर, नायव सुब्बा र खरिदारसहित २३ जना कर्मचारीको सरुवा गरेको छ । जसमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी कम्प्युटर अपरेटर ज्ञानु थापा निरौला र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका कम्प्युटर अपरेटर अखिलेश प्रसाद यादवलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

राजश्व अनुसन्धान विभाग ललितपुरका कम्प्युटर अपरेटर सुवास खरेललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ । विभागकै कम्प्युटर अपरेटर राम प्रसाद घिमिरेलाई यातायात व्यवस्था विभागका र विभागमा कार्यरत कम्प्युटर अपरेटर कमल विष्टलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ । उच्च अदालत विराटनगरकी कम्प्युटर अपरेटर कविता बराललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र राजश्व अनुसन्धान विभाग ललितपुर नायव सुब्बा नारायण कुमार कार्कीलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

मालपोत कार्यालय हेटौंडा मकवानपुरका नायव सुब्बा केदार प्रसाद मैनालीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत र जिल्ला प्रशासन कार्यालय कैलालीका नायव सुब्बा डम्बर सिंह खड्कालाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण इकाई परियोजना कैलालीका नायव सुब्बा कुश बहादुर थापालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । अध्यागमन कार्यालय सिन्धुपाल्चोकका नायव सुब्बा दिनेश बराइलीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।

हुलाक निर्देशनालय विराटनगरका नायव सुब्बा प्रज्वल पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सरुवा गरिएको छ । पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजना निर्देशनालयका नायव सुब्बा राम प्रसाद आचार्यलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ । जिल्ला समन्वय समिति मुस्ताङका सव इन्जिनियर होम बहादुर नेपालीलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

राष्ट्रिय पशु प्रजनन कार्यालय कास्कीका पशु सेवा प्राविधिक मनि कुमार राईलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा काजमा राखेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेश अन्तर्गत सरुवा गरिएको छ । जिल्ला हुलाक कार्यालय सिन्धुलीका खरिदार सञ्जय पौडेललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा र जिल्ला हुलाक कार्यालय रामेछापका खरिदार भुप बहादुर सोतीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।

सामान्य प्रशासन मन्त्रालय अतिरिक्त समूहमा दरबन्दी भई कामकाज निजामती अस्पतालमा रहेका नायव सुब्बा देवराज गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ । सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी भई कामकाजमा निजामती अस्पतालमा रहेका नायव सुब्बा गणेश कुमार ढकालको भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका कम्प्युटर अपरेटर सुशान्त बहादुर भण्डारीलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका नायव सुब्बा रामराज न्यौपानेलाई मन्त्रालयमा र सप्तकोसी उच्च बाँध आयोजना कार्यालय विराटनगरकी नायव सुब्बा शोमिता पराजुली दाहाललाई जिल्ला समन्वय समिति मोरङमा सरुवा गरिएको छ । तथ्यांक कार्यालय सुनसरीमा कार्यरत खरिदार भानुभक्त भट्टराईलाई भने गृह मन्त्रालयमा सरुवा गरिएको मन्त्रालय स्रोतले बताएको छ । (साँघु साप्ताहिक, २०८१ असार २४)