🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कस्तो छ बलिवुड फिल्म कल्की २८९८ एडीको बक्स अफिस कलेक्सन ?

काठमाडौँ । बलिवुड अभिनेता प्रभास, दीपिका पादुकोण, अमिताभ बच्चन स्टारर फिल्म ‘कल्की २८९८ एडी’ ले पहिलो दुई दिनमै विश्वभर २९८.५ करोड भारु कमाएको छ ।  कल्कीको फिल्ममा प्रभास र अमिताभका अलावा दीपिका पादुकोण र कमल हासनको पनि महत्वपूर्ण भूमिका छ । कल्कीको फिल्ममा प्रभास र अमिताभका अलावा दीपिका पादुकोण र कमल हासनको पनि महत्वपूर्ण भूमिका छ ।

चलचित्र विश्लेषक तरण आदर्श भन्छन्, ‘हामीले ५ सय करोड कमाउने फिल्म पाएका छैनौं, तर २०२४ अघिल्लो वर्षभन्दा राम्रो छ । धारा ३७०, शैतान, लापता लेडीज, मुन्ज्या जस्ता विभिन्न विधाका फिल्मबाट ‘स्लीपर’ हिट हुने नयाँ चलन सुरु भएको छ ।

योसँगै फिल्म ‘पठान’, ‘आदिपुरुष’ र ‘केजीएफ २’ जस्ता चलचित्रलाई पछि पार्दै ओपनिङ्कै दिन विश्वभर सबैभन्दा धेरै कमाउने तेस्रो चलचित्र बनेको छ । यसबाहेक ‘आरआरआर’ र ‘बाहुबली २’ मात्र दुई फिल्म छन् । 'कल्कि २८९८ एडी' प्रभासको पहिलो दिनमा सबैभन्दा धेरै कमाउने भारतीय फिल्महरूको सूचीमा चौथो फिल्म हो । प्रभासका फिल्म ‘बाहुबली २’, ‘साहो’ र ‘आदिपुरुष’ यस लिस्टमा पहिले नै छन् ।

रिलिजको पहिलो दिन आरआरआरले १३३ करोड कमाएको थियो भने बाहुबली- २ ले १२१ करोड कमाएको थियो । त्यस्तै केजीएफ- २ ले ११६ करोड कमाएको थियो भने कल्कि २८९८ एडीले  ९५ करोड कमाएको छ । त्यस्तै सालार भाग १ ले ९०.७ करोड कमाएको थियो ।

कल्कि २८९८ एडीको ओपनिङ दिनमा यस फिल्मको समग्र तेलुगु ओक्युपेन्सी ८५.१५ % थियो । नन-हलिडे, मिड वीक र भारत विश्वकपको सेमिफाइनल खेलको दिन रिलिज भए पनि कल्कीले यति ठूलो रकम कमाएको छ ।

त्यस्तै कल्कि २८९८ एडीले हिन्दी भाषामा भने तीन दिनमा ७५ करोड कमाएको छ । पहिलो दिन २२ करोड ५० लाख कमाएको यस फिल्मले दोस्रो दिन २३.२५ र तेस्रो दिन शनिबार ३० करोड कमाई गरेको छ ।