🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु

काठमाडौँ, १५ असार : स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ । गए राति स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बाङ्गेमा पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको हो ।

पहिरोमा परेर आमा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसाको मृत्यु भएको घट्नास्थलमा रहनुभएका प्रहरी सहायक निरीक्षक अमृत भुजेलले राससलाई जानकारी दिनुभयो । “राति सुतेका बेला पहिरो खसेको हो”, उहाँले भन्नुभयो । घटनाका बेला आमा र छोरी मात्र घरमा रहेका र छोरो गाउँमा आफन्तकहाँ बास बस्न गएकाले उनको ज्यान जोगिएको उहाँले बताउनुभयो । 

पहिरोले ढुङ्गामाटो र जस्तापाताले छाएको एक तले घर र घरनजिकै रहेको गोठ पुरिएको छ । पहिरोमा परी एउटा भैँसी पनि मरेको प्रहरीले जनाएको छ । 
–––