🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सुदूरपश्चिम माओवादीमा भाँडभैलो

काठमाडौं । माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश विवादको लफडा  एकपछि अर्कोे थपिँदै गएको छ । अध्यक्ष प्रचण्डकै कारणले विवाद र कचिंगल बढ्दै गएको दावी स्रोतको रहेको छ । अध्यक्ष प्रचण्डले सुरुमा उपमहासचिव जनार्दन शर्मालाई ठेगान लगाउन कर्णाली प्रदेशसँगै सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेता हटाएर सुरु गरे । प्रचण्डको संकेत पाएपछि प्रदेशका सांसदहरुले संसदीय दलको नेता खगराज भट्टलाई हटाउन सहमत भए अनि ७ जना सांसद जम्मा भएर भट्टलाई जबर्जस्ती हटाए । त्यहाँको सभामुखले त्यसलाई मान्यता दिए अनि प्रचण्डले पनि काठमाडौंमा मान्यता दिए । त्यसपछि विवाद उत्कर्षतिर लागेको थियो । अहिले फेरि प्रचण्डले तिनै भट्टको पुनर्वहाली गर्न सांसदहरुलाई निर्देशन दिएका छन् । 

 काठमाडौंमा केही सांसद र प्रदेश इञ्चार्ज गिरिराजमणि पोखरेलसहितको टोलीलाई उक्त निर्देशन दिएका हुन् । तर, निर्देशन कार्यान्वयन भने भइसकेको छैन । अघिल्लो साता बालुवाटारमा बुहारी विना मगरलाई समेत राखेर प्रचण्डले भट्टको पुनर्वहालीको निर्देशन दिएपछि सुदूरपश्चिममा माओवादी केन्द्रको राजनीति थप तरंगित भएको खबर छ । मााओवादीभित्रको घरझगडा बढ्दै गएकै कारणले सुदूरपश्चिममा मन्त्रालयहरुको भागबण्डा पनि मिलेको छैन । मन्त्रीहरु मन्त्रालयविहीन भएर बसेका छन् । अनि मन्त्रालय चाहिँ मन्त्री कुरेर बसेका छन् । 

  माओवादीको घरझगडाका कतिसम्म थियो भने, भट्टसहितका ३ जना सांसदले संसदीय दलको बैठकक निरन्तर बहिस्कार गर्दै आएका थिए । अनि, भट्टसहितका केन्द्रीय नेताले प्रदेश कमिटीका सबै कार्यक्रम पनि बहिस्कार गरेका थिए । त्यसले गर्दा प्रदेश कमिटीमात्र होइन, संसदीय दल पनि काम गर्न नसक्ने अवस्थामा पुगेको थियो  । 

यस्तो सबै काम गराएको चाहिं अध्यक्ष प्रचण्डले नै हो भनेर नेताहरु भन्छन् । भट्टलाई हटाउने कारण चाहिँ जनार्दन शर्मासँग निकट भएको भनेर हो । माओवादी नेताहरुको भनाइमा शर्मालाई तह लगाउने प्रचण्डको नीति अनुसार भट्ट शिकार भएका हुन् । भट्टलाई हटाएपछि शर्माले पार्टीमा लिखित असहमति राखेका थिए । उक्त असहमतिमा प्रचण्डले बुहारी मगरलाई सहइञ्चार्ज बनाएकोप्रति पनि रोषप्रकट थियो । अन्य प्रदेशमा पार्टीका पदाधिकारी र स्थायी कमिटी सदस्यलाई इञ्चार्ज र सहइञ्चार्ज बनाउने निर्णय थियो ।

तर, सुदूरपश्चिममा प्रचण्डले उक्त निर्णय उल्टाएर केन्द्रीय सदस्य आफ्नी बुहारी विना मगरलाई सहइञ्चार्ज बनाए । जबकि इञ्चार्जसमेत रहेका भट्टलाई हटाएर मधेश प्रदेशका नेता गिरिराजमणि पोखरेललाई आयात गरेका थिए । त्यसो त, पछिल्ला दिनमा भट्ट सुदूरपश्चिम प्रदेशमा बुहारी मगरसँग निकट भएर काम गरिरहेका छन् । त्यसैले पनि प्रचण्डले भट्टलाई पुनस्र्थापना गर्न खोजेको अर्थमा पनि चर्चा भइरहेको छ । तर, जे भएपनि माओवादी केन्द्रको सुदूरपश्चिमको राजनीतिमा भने गरिखाने संकेत देखाउन छाडेको छ । (साँघु साप्ताहिक, २०८१ असार १०)