🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेयर बजारमा सामान्य बढोत्तरी, ३ अर्ब ४० करोडको कारोबार

काठमाडौं । लगातार घटेको सेयर बजारमा बुधबार भने सामान्य बढोत्तरी छ । नेप्से परिसूचक २.२७ अंकले बढ्दै २०७८.७६ विन्दुमा रहँदा ७२ लाख ९ हजार ७५७ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब ४० करोड ४३ लाख रुपैयाँ छ ।

यसअघि कारोबार विस्तारै ओह्रालो लागेको थियो । मंगलबार बजार परिसूचक १८.७६ अंकले घट्दै २०७६.४९ को विन्दुमा रहँदा ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँमा किनबेच भएको थियो ।

त्यसअघि गत आइतबार बजार १७.०४ अंकले घट्दै २०९५.२५ विन्दुमा रहँदा १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको थियो ।

१३ उपसमूहमा बुधबार फाइनान्स, वाणिज्य बैंक, जलविद्युत, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूह बढेका छन् । फाइनान्स उपसमूह २.६२ प्रतिशतले बढ्दा नेपाल फाइनान्स ९.९९ प्रतिशतले बढ्दै सर्किटस्तरमा पुगेको छ ।

१३५ कम्पनीको सेयरमूल्य बढेको छ । नेपाल फाइनान्ससँगै समाज लघुवित्त, कुथेली बुखारी साना जलविद्युत, मन्दाकिनी हाइड्रोपावर, सामलिङ पावर लगायतका कम्पनीको सेयरमूल्य बढेको छ ।

नेपाल फाइनान्स कारोबारमा पनि अगाडि छ । उक्त कम्पनीको २० करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै गोर्खाज फाइनान्सको ९ करोड ६६ लाख, ग्लोबल आइएमई लघुवित्तको ८ करोड ९९ लाख, सीक्ष्डीबी हाइड्रोपावरको ७ करोड ७४ लाख, हिमालयन लघुवित्तको ७ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

१०४ कम्पनीको सेयरमूल्य घट्दा मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ता सर्वाधिक ९.८८ प्रतिशतले नोक्सानमा रहे । ८ कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन भएन ।
०००