🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य

काठमाडौँ । बंगलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ ।

जारी टी-२० विश्वकपको समुह डी अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले १९.३ ओभरमा अल आउट हुँदै १०६ रन बनाएको हो ।

बंगलादेशका लागि शकिब अल हसनले सर्बाधिक १७ रन बनाए भने महमुदुल्लाह र रिशाद होसैनले १३-१३ रन बनाएका थिए । त्यस्तै जाकेर अलीले १२ र लिटन दासले १० रन बनाएका थिए ।

त्यस्तै यस खेलमा नेपाली बलरले शानदार बलिङ गरेका थिए । बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र सन्दीप लामिछानेले २-२ विकेट लिएका थिए ।

सन्दीपले यस खेलमा २ विकेट लिएसँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सय विकेट पुरा गरेका छन् । ५४ खेलमा १०० विकेट लिएका सन्दीप छिटो सय विकेट खेलाडीको सूचीमा राशिद खानपछि दोस्रो स्थानमा रहेका छन् । राशिदले ५३ खेलमा सय विकेट लिएका थिए ।