काठमाडौँ, ५ मङ्सिर (रासस) : नेपाल प्रहरीले अर्काको नाममा रकम निकाल्ने एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीले प्रकाश शर्माको स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाको चेकबाट सोही संस्था हुँदै कैलाश विकास बैँक कलङ्की शाखाबाट रु पाँच लाख निकाल्ने सर्लाहीका २८ वर्षीय राजकिशोर मण्डललाई मङ्सिर ४ गते मङ्गलबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
प्रहरीले मण्डललाई सुन्धारास्थित हिलटन गेष्ट हाउसबाट पक्राउ गरेको हो । सोही समयमा मण्डलसँगै बसेका विकास लामालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले मण्डलसँग एक थान मोबाइल र रु एक लाख ६ हजार ८९२ नगद समेत बरामद गरेको छ ।
–––



