🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘श्रमाधान रोजगार मेला’ ललितपुरमा आजदेखि 

काठमाडौं । ललितपुरमा आजबाट ‘श्रमाधान रोजगार मेला’ सुरु हुँदैछ । 

पाटन बहुमुखी क्याम्पसमा हुने मेलाको उद्घाटन मंगलबार बिहान शिक्षा तथा विज्ञान प्रविधि मन्त्री सुमना श्रेष्ठले गर्ने कार्यक्रम छ । 

मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी, होटल एसोसियसन नेपाल (हान), नेपाल घरेलु तथा साना उद्योग महासंघ लगायतले गर्नेछन् । बुधबार सम्पन्न हुने मेलामा ८० निजी तथा सरकारी क्षेत्रका रोजगार कक्ष राखिने छन् । 

सातै प्रदेशमा सञ्चालन गरिएको मेलाको उद्घाटन यही जेठ १७ गते कोशी प्रदेशको विराटनगरबाट प्रधानमत्री पुष्पकमल दाहालले सुरु गरेका थिए । यस्तै, गण्डकीको पोखरामा, कर्णालीको सुर्खेतस्थित विरेन्द्रनगर, सुदूरपश्चिमको धनगढी, लुम्बिनीको बुटवल अन्तर्राष्ट्रिय केन्द्र र मधेश प्रदेशको जनकपुरमा सम्पन्न श्रमाधान रोजगार मेला आज बागमती प्रदेशको ललितपुरमा सुरु हुँदैछ । मेला बुधबार सम्पन्न हुन लागेको हो । मेला प्रत्येक प्रदेशमा दुई÷दुई दिन सञ्चालन भइरहेको हो । 

मेलाले रोजगारीको खोजीमा रहेका युवाका लागि निजी श्रेत्रसँग समन्वय गरेर रोजगारी प्रदान गर्ने, रोजगारीका लागि ज्ञान, सीप आर्जन गरेका युवालाई सीपको सदुपयोगबारे ज्ञान दिने लगायतका पक्षमा सहयोग गर्ने अपेक्षा मन्त्रालयको छ ।