रौतहट । रौतहटस्थित प्रहरी गस्ती टोलीले भारतीय नम्बरको ४ थान मोटरसाइकलसहित २२ बोरा अबैध भारतीय मल खाद बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कटहरीयाबाट खटिएको गस्ती टोलीले कटहरीया नगरपालिका ९ स्थित भन्सार छली ल्याएको युरिया मलखाद २२ बोरासहित ४ थान मोटरसाइकल बरामद गरेको हो ।
विआर ३० एम ०८९६, विआर ०६ सिबी ३३५६ र विआर ०५ ए क्यू ८६०५ र विआर ३० डब्लु ७९७१ नम्बरको मोटरसाइकलमा लोडगरी लैजाँदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि लोड मोटरसाइकल छाडेर मानिस फरार भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन् ।
४ थान मोटरसाइकल र मलखाद २२ बोरा गरी कुल ४ लाख १८ हजार,७०० रुपैया मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागी गौर भंसार कार्यालयमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।




