🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विदुर नगरका सिसिटिभी क्यामरा प्रयोगबिहीन

बेत्रावती, ४ मङ्सिर (रासस) : नुवाकोटको विदुर नगरपालिकाका मुख्य बजार तथा सडक क्षेत्रमा जडान गरिएका सिसिटिभी क्यामरा बन्द छन् । नुवाकोट उद्योग वाणिज्य सङ्घको पहलमा जडान गरिएका २५ थान सिसिटिभी क्यामरा प्रयोगबिहीन छन् । 

सङ्घको पहलमा रु ३५ लाखको लागतमा ती क्यामरा जडान गरिएका हुन् । क्यामरा बिग्रिएपछि मर्मत गर्न सम्बन्धित पक्षले चासो देखाएको छैन । एक वर्षदेखि बिग्रन थालेका क्यामरा क्रमशः सबै बिग्रिएका प्रहरी उपरीक्षक वसन्त कुँवरले बताए  ।

एक वर्षअघि सङ्घले साविक जिल्ला विकास समिति, विदुर नगरपालिका, विभिन्न बैंक तथा वित्तीय संस्थासँगको साझेदारीमा क्यामरा जडान गरेको हो । 

“रु आठ लाख जडान गर्ने कम्पनीलाई भुक्तानी गर्न बाँकी छ,” नुवाकोट उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष गीता अमात्यले भने । सरोकारवाला संस्थाबाट आर्थिक सहयोग उपलब्ध नहुँदा बिग्रिएका क्यामरा मर्मत गर्न नसकिएको हो ।

गगङ्टेदेखि बट्टार, विदुर, ढुङ्गे हुँदै त्रिशूलीसम्मको पाँच किलोमिटर क्षेत्रको मुख्य सडकमा जडान गरिएका क्यामराको सहयोगमा सदरमुकामसहित बजारक्षेत्रमा शान्ति, सुरक्षा कायम गराउन तथा चोरी र अपराधका घटना कम गर्न सहयोग पुगेको थियो ।