🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

चुरे क्षेत्रको दोहन नरोके तराईमा पानीको हाहाकार हुनेछ : मन्त्री सुडी  

काठमाडौं । वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीले वातावरण संरक्षणको सुनिश्चितता अत्यावश्यक भएकाले यसको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । उनले मानव दोहन र प्राकृतिक क्षयीकरणको मारमा परेको चुरे क्षेत्र विनाशलाई नरोके तराई सुख्खापन र पानीको हाहाकारको मारमा पर्ने भएकाले चुरे संरक्षण अभियानलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । 

बुधबार ललितपुरमा विश्व वातावरण दिवसको अवसर पारेर आयोजित कार्यक्रममा मन्त्री साहले भने, ‘वातावरण संरक्षण हाम्रो साझा जिम्मेवारी हो । यो विषय केवल सरकार, गैरसरकारी संस्था वा सीमित व्यक्तिहरुको मात्र चासोको विषय होइन । वातावरण संरक्षण हाम्रो भविष्य र सन्ततिका लागि र सम्पूर्ण जीवजन्तु तथा वनस्पतिहरुको संरक्षणका लागि अत्यावश्यक छ ।’

उनले जलवायु परिवर्तन, वन विनाश, जैविक विविधतामा आएको ह्रास जस्ता विविध समस्याका कारण वातावरणमा प्रत्यक्ष असर परेको उल्लेख गर्दै उनले यी समस्या समाधान गर्न सबैको एकता र सहकार्य अत्यावश्यक भएको बताए । 

यस्तै, उनले जलवायु परिवर्तनको असरबाट नेपालमा हिमाल पग्लिदै गैरहेको, नदीहरु सुक्न थालेको, वनमा डढेलो बढेको र त्यसले कृषिमा आधारित जनजीवन र जैविक विविधतामा गम्भीर असर पुर्याईरहेको भन्दै यसको सामना गर्न दिगो विकासका सिद्धान्तलाई आत्मसाथ गर्नु जरुरी भएको बताए । 

पारिस्थितिकीय प्रणालीको पुनस्र्थापना गर्नु वातावरण संरक्षणको मुख्य अंग भएको बताउँदै उनले  विनास भएका वन क्षेत्रको पुनस्र्थापना, जलाधार क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले चुरे क्षेत्रमा जलवायु परिवर्तन र मानविय दोहनले गर्दा निकै असर पुगिरहेको भन्दै तराईमा भविष्यमा हुने पानीको हाहाकारलाई जोगाउनुपर्नेमा जोड दिए ।

‘जलवायु परिवर्तनको कारण मानवीय गतिविधि चुरे क्षेत्रमा बढ्दा चुरे क्षेत्र विनासको चपेटमा परेको छ । प्राकृतिक रुपमा पनि क्षयीकरण भैरहेको चुरे क्षेत्र मानवीय गतिविधि र खानीजन्य पदार्थको उत्खनन्ले तराईमा अब पानीको हाहाकार हुने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा चुरे संरक्षण र जल पुनर्भरण कार्यक्रम ल्याउन जरुरी छ ।’ उनले थपे, ‘सरकारले वन संरक्षण, जलवायु अनुकूलन योजना, विपद् व्यवस्थापन नीति र हरित विकासका नीतिहरुमार्फत दिगो विकासका मार्ग अवलम्वन गरेका छौं । 

यसमा राष्ट्रिय प्रकृति संरक्षण कोष जस्ता संस्थाहरुको पनि महत्वपूर्ण भूमिका रहेको छ । यो प्रयासलाई सफल बनाउन सबै तहका मानिसहरुको सक्रिय सहभागिता जनाउन सबैलाई अपिल गर्दछु ।’