नेपाली संचार जगतमा गोर्खाल्याण्ड आन्दोलनबारेको चर्चाले पनि राम्रो स्थान पाएको छ । यसो हुनु गोर्खाल्याण्ड(दार्जिलिड्ड क्षेत्र) नेपाल भूमिस‘ग जोडिएको हुनु र भाषिक–सांस्कृतिक एकरुपताको कारण पनि हो । त्यसकारण धेरैले आफ्नो सहानुभूति जनाउनु कुनै आश्चर्य मानिन्न । तर, त्यो सरल र स्वाभाविक मानवीय प्रतिक्रिया मात्र हो । त्यसले गहिरोस‘ग राजनैतिक जटिलतालाई खोतलिएको हु‘दैन । यता दक्षिण एसियाका राजनैतिक घटनाक्रमलाई नियाल्ने विशेषज्ञहरूका भने आ–आफ्नै ढंगको छुट्टाछुट्टै विश्लेषणहरू रहने गरेका छन् ।
दक्षिण एसियामा धेरै पहिलेदेखिनै विदेशी आक्रमणको लहर नै चल्दै आएको हो । इतिहास सम्झिनेहरूका लागि भन्ने हो भने, खासगरी भारत बर्षमा अनेक खाले विदेशी शक्तिले धक्का दिंदै आएका छन् । ग्रीक–युनानी, रोमन, शक, हुण, मंगोल र मुगलहरूको आक्रमण विषमयकारी थिए । इस्लामिक मुगलहरूले लामो समयसम्म मुगल वादशाहको शासन कायम रहेको थियो । पछि अंग्रेज साम्राज्यवादको आक्रमणले मुगल शासन उखेलियो । मुगल शासन उखेलिएपछि भारतवर्षमा अंग्रेज औपनिवेशिक शासन कायम हुन गयो । त्यो औपनिवेशिक शासन दोस्रो विश्वयुद्धको अन्त्यपछि राष्ट्रिय मुक्ति आन्दोलनको कारण विदा हु बाध्य भएको थियोे ।
अंग्रेजहरूले नया“दिल्ली वा कलकत्तामा अड्डा जमाएर अांैद्योगिकरणको जग बसालेका र व्यापार सञ्जाल खडा गरेका थिए । अंग्रेजको औपनिवेशिककालमा प्रशस्त कच्चा पदार्थ युरोपतिर जलमार्गबाट ओसार्ने पनि भयो । अंग्रेजको औपनिवेशिककालदेखि नै यस क्षेत्रको बसाईसराईमा बढोत्तरी आयो । नेपालीहरू पनि काम, माम र दामका लागि मुग्लान पस्न थाले । औपनिवेशिक शासनले यस क्षेत्रको अर्थतन्त्र औपनिवेशिकरण ह“ुदै गएको थियो । जो अहिले पनि कायमै छ । श्रीलंकाका तमिलहरू दक्षिण भारतका तमिललाई चिया बगान क्षेत्रमा मजदूरी गराउन व्रिटिशहरूले नै श्रीलंका पु¥याएका हुन् । ब्रिटिशहरूले श्रीलंका छोड्दा ब्रिटेनले श्रीलंकामा रहेका तमिलहरूको भविष्यबारे श्रीलंकासंग कुनै शर्त राख्ने काम गरेनन् । कालन्तरमा त्यो तमिल समस्याको रुपमा रुपान्तरण भई तमिल विद्रोह समेत हुन् गएको देखिन्छ ।
अंग्रेज शासकले उता वर्गमा विभिन्न जातिहरूबीच बेमेल खडा गरिदिने गरिदिए । जसको कारण वर्गमा सैनिक जुत्ताको अभ्युदय हुने वातावरण बन्यो । हिन्दू मुस्लिम दंगाले गर्दा धार्मिक आधारमा पाकिस्तान र भारतको विभाजन हुन गयो । त्यसले पनि भाईचाराको जगबसाल्न सकिएन । बरु शत्रुतापूर्ण कूटनीतिले गर्दा भारत–पाकिस्तानबीच पटक पटक युद्ध समेत भड्किन पुगेको छ । तमिल विद्रोहकै कारण भारत–श्रीलंकाबीचको सम्बन्ध पनि सुमधुर हुन सकेको छैन । ईस्लामिक राष्ट्र पाकिस्तानबाट बंगलादेश भाषिक कारणबाट पृथक स्वतन्त्र राष्ट्र बन्न पुगेको इतिहास छ । जसमा भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको सशक्त भूमिका रहेको थियो । तथापि अहिले बंगलादेशले आफ्नो स्वतन्त्र परराष्ट्र नीति अंगीकारण गरिरहेको छ–अर्थात् नया“ दिल्लीको कूटनैतिक छाया“बाट मुक्त छ ।
ब्रिटिश गोर्खा र भारतीय गोर्खा भनिने भाडाका सिपाही भर्ना गर्ने प्रचलन पनि ब्रिटिश उपनिवेशवादकै प्रपञ्च हो । त्यसले नेपालीहरू आफ्ना मित्र देश वा जनताको न्यायोचित संघर्ष दबाउन खटिनुपर्ने मात्र होइन, गोर्खाहरू नै भिन्न–भिन्नै मोर्चाबाट एक अर्काको विरुद्धमा लडाउन सक्ने स्थिति छ । अर्कातिर एउटा देशको नागरिक अर्काे देशले अर्कै देशको विरुद्धमा वैधानिकरुपले प्रयोग गर्ने गर्दा ठूलै आकारको कूटनैतिक विवादको नेपालले सामना गर्नुपर्ने स्थिति आउन पनि सक्छ । यी समस्याहरू उपनिवेशवादले दिएको र छोडेर गएको इतिहासका फोहोरका डंगुरहरू हुन् । त्यस्तै काश्मिर, सिक्किम, भारतको पुर्वाेत्तर राज्यहरूको जातीय तथा क्षेत्रीय विवादहरू पनि औपनिवेशिककालदेखि कैै हुन् । साथै भारत चीन सीमा विवाद समेत ब्रिटिश उपनिवेशले सिर्जना गरेको समस्या मान्नु पर्ने हुन्छ । सर म्याकमोहनले रेखा काटेको भारत तिब्बत क्षेत्रको सीमानालाई नै नया“ दिल्लीले सही सीमा रेखा मान्ने गर्दा भारत–चीन सीमा विवादको समस्या उठेको देखिन्छ । जो अहिलेसम्मै सुल्झन सकेको छैन ।
अहिलेको गोर्खाल्याण्ड समस्या पनि सन् १८१६ को नेपाल–ब्रिटिश सुगौली सन्धिस“ग पनि जोडिन पुग्छ । औपनिवेशिक शक्तिस“गको लडाईमा नेपाल आधुनिक हात हतियारको अभावको कारण हार्नुपर्दा जबर्जस्ती थोपरिएको सन्धिको रुपमा इतिहासकारहरूले लिएको पाइन्छ । त्यस दृष्टिबाट हेर्दा भारतीय गोरखा समस्या पनि ब्रिटिश उपनिवेशवादकै उपज हुन् भन्दा हुन्छ । नया“ दिल्लीले ब्रिटिश नीतिको अनुकरण गरेर त्यसको समाधान पाउन गाह्रो छ । बरु गोर्खा आन्दोलनकारी जनताको विश्वास जित्न सक्नुपर्छ ।
यसअघि गोर्खा आन्दोलनकारीको नेतृत्व तहबाट नेपालस“ग पनि हारगुहार माग्ने गरेको कुरा सार्वजनिक भइसकेको कुरा हो । तर, नेपालको प्रवासमा रहेका नेपाली मूलका समस्याहरूलाई लिएर भारतस“ग कुनै औपचारिक प्रतिक्रिया जनाएको देखिन्न । मेघालय, आसाम, नागाल्याण्डमा नेपाली खेद्ने घटना हु“दा र गोर्खा पर्वतीय क्षेत्र दार्जिलिङमा प्रहरी, सेना दमन हु“दा पनि नेपालको सिंहदरबार मौन रहने गरेको छ । अर्थात् सिंहदरबारले त्यसलाई ‘‘भारतको आन्तरिक मामिला’’ मान्न गरेको छ । भारतीय गोरखा राइफल्स नेपाली मूलका विरुद्ध वा हिन्दू जातिमाथि प्रयोग गर्न नपाइने प्रावधान गोर्खा भर्ती सम्बन्धी सन्धिपत्रमा किटानीस“ग उल्लेख गरेको छ भन्ने गर्दा गोर्खा अभियान दबाउन बंगालको राज्य सरकार वा नया“ दिल्लीको केन्द्रीय सरकार दुवैले भारतीय गोर्खा सेना प्रयोग गर्न नमिल्ने देखिएको छ ।
गोर्खाल्याण्ड भन्नु भारतको केन्द्रीय राज्य अन्तर्गतको प्रान्तीयस्तरको राज्य मात्रको माग हो–त्यो स्वतन्त्र राज्यको अवधारणा हु“दैहोइन । भारतीय गणराज्य अन्तर्गत राज्यहरूको संख्या थपि“दै पनि गएको छ । पछिल्लो समयमा उत्तर खण्ड, झारखण्ड, छत्तीसगढ र तेलंगना जस्ता राज्यहरू स्वतन्त्र राष्ट्र सिक्किम बिलय पछि थपिएका राज्यहरू हुन् ।



