🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

प्रदेश सरकारमा अप्ठेरो झेल्दै ‘एस’ दल : प्रचण्ड सत्तामा माधव नेपालको पिरलो !

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल २०८१ जेठ १६ गते बुधवार साँझ प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निम्ता गरेको विपक्षी दलको बैठकमा सहभागी भए । संघीय सरकारको सत्ता गठबन्धन रहेको एस अहिले मधेश प्रदेशमा पनि बेग्लै सत्ता गठबन्धनमै रहेको छ । र, हाल संकटमा रहेको मधेशको सत्ता गठबन्धन चाहिं कांग्रेस, जसपा र एसकै छ । त्यसैले, खासमा विपक्षी गठबन्धन भन्दा मधेश प्रदेशको सत्ता गठबन्धन कसरी जोगाउने भन्ने विषयको गैरवाम दलहरुको बैठक थियो । 

 त्यस छलफलमा मधेश प्रदेश सरकार जोगाउने विषय छलफल भएको थियो । जसपा आफ्नो मुख्यमन्त्री सरोज यादवको निरन्तरता चाहिरहेको छ । सरकार ढाल्ने प्रयासमा रहेका एमाले र माओवादीलाई जवाफ दिनका लागि पनि जसपाको प्रयास भइरहेको छ । त्यसैले, उपेन्द्र यादवले यसवीचमा आफ्ना राजनीतिक दुश्मनकै रुपमा रहेका भनिएका महन्थ ठाकुरदेखि सीके राउतसम्मलाई भेटेका छन् ।

  स्रोत भन्छ, ती दुवै नेताबाट उपेन्द्रले  सकारात्मक जवाफ पाएका छैनन् । उनीहरु उपेन्द्रसँग कहिल्यै पनि सकारात्मक होइनन् । तर, मधेशको सरकार  जोगाउने योजनासहित बुढानीलकण्ठस्थित देउवा दरवारमा भेट भएका उनीहरुवीच एकमत नभएको स्रोतको दावी छ । महन्थ ठाकुरले यादवको विकल्पमा मुख्यमन्त्री खोज्नुपर्ने तर्क गरेपछि परिस्थिति अलमलिएको थियो । माधव नेपालले पनि सरकार बचाउने पक्षमा दृढतापूर्वक उभिएनन् ।

नेपाली कांग्रेससहित जसपा नेपाल, लोसपा र एकीकृत समाजवादी मिलेर मधेश प्रदेश सरकार बनाउने छलफल भइरहेको बेला प्रमुख दल एमाले, माओवादी केन्द्र र जनमतबीच २०८१ जेठ १७ गते जनमतलाई मुख्यमन्त्री दिएर मधेश प्रदेश सरकार बनाउने अर्को सहमति भएको छ ।

 मधेश सरकार जोगाउन सकिने विषयमा बुढानीलकण्ठस्थित देउवा दरवारमा छलफल गरेका माधव नेपाल भने अन्य प्रदेशमा सत्ता गठबन्धनलाई दबाब दिने रणनीतिका रुपमा मात्रै लिएको बताइन्छ । बुढानीलकण्ठस्थित देउवा दरवारमा माधव नेपाल प्रवेश गरेपछि सत्ता गबठन्धनका प्रचण्ड र ओलीले आफूलाई भाऊ दिने बुझाइमा माधव नेपाल देखिएको एस स्रोत बताउछ । हुन पनि माधव नेपालसँग सहकारीसम्बन्धी संसदीय छानबिन समिति गठनदेखि बजेट ल्याउनेसम्ममा सत्ताका नायक प्रचण्ड र केपी ओलीहरुले सोधखोज गरेनन् । अनि, प्रदेशहरुमा पनि बनेका सरकारमा एसलाई सहभागी गराएका छैनन् । 

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री एसका दीर्घ सोडारी भएपनि मन्त्रीहरु नपठाएर एमाले र माओवादीले अप्ठ्यारो पारिरहेका छन् । अनि, कर्णाली प्रदेश र कोशी प्रदेशमा सरकारमा माधव नेपालको दल एसलाई सहभागी नगराएर एमाले र माओवादी केन्द्रले एसलाई अपमान गरेको माधव नेपालको दावी छ । 

त्यही कारण प्रचण्ड सत्तामा दबाब बढाउनका लागि एसले दोहोरो रणनीति लिएको पनि बताइन्छ । माधव नेपालको पार्टीमा भने अहिले मन्त्रीहरु हेरफेर गर्नुपर्ने दबाब पनि बढ्न थालेको छ । पार्टी फुटाउनेसम्मको चेतावनीसहित बहुमत सांसद संघीय मन्त्रीहरु हेरफेर हुनुपर्ने पक्षमा रहेका छन् । 

त्यसले गर्दा चैनको श्वास फेर्न नसकेका माधव नेपाल अहिले पार्टी जोगाउने भन्दापनि २०८४ सालसम्म जे गरेर भए पनि आफ्ना १० जना सांसद पार्टीमै टिकाउने रणनीतिमा रहेको बताइन्छ । त्यही रणनीति अनुसार माधव नेपाल यता र उता गरेर अलमल्याउने खेलमा लागेको पनि बताइएको छ ।

२०८१ जेठ १६ गते बुधवार बुढानिलकण्ठस्थित देउवा दरबार छिरेका माधव नेपाललाई २०८१ जेठ १८ गते शुक्रवार ओली र प्रचण्डले बोलाएर भेटेका थिए । उक्त भेटपछि एस फेरि संघीय सत्ता गठबन्धनमै रहने बताइरहेका छन् । (साँघु साप्ताहिक, २०८१ जेठ २१)