🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सातै प्रदेशमा आधुनिक रङ्गशाला : मन्त्री विश्वकर्मा

कास्की, ३० कात्तिक : युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले  सरकारको  देशका सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको आधुनिक रङ्गशाला बनाउने  योजना रहेको बताए ।

नेपाल भलिबल सङ्घद्वारा आज यहाँ आयोजित पाँचदिने प्रदेशस्तरीय राष्ट्रिय रेफ्री पुनर्ताजगी तालीमको समापन कार्यक्रममा उनले खेलकूदमा नयाँ पुस्तालाई आकर्षित गर्दै अन्तर्राष्ट्रियस्तरका प्रतिभावान् खेलाडी उत्पादन गर्नका लागि आधुनिक रङ्गशालाको खाँचो रहेको बताए  । मन्त्री विश्वकर्माले रङ्गशाला निर्माणपछि खेलक्षेत्रले फड्को मार्ने आशा राख्दै देशका ७५३ वटै स्थानीय तहमा खेलमैदान बनाउन मन्त्रालयले प्रस्ताव तयार गरेको र मन्त्रिपरिषद्ले पास गर्ने बित्तिकै कामको शुरुआत हुने प्रस्ट पारे। 

खेलक्षेत्रलाई व्यवस्थित, मर्यादित र समयसापेक्ष बनाउनेतर्फ मन्त्रालयले काम गरिरहेको भन्दै मन्त्री विश्वकर्माले केही व्यक्तिले राजनीतिक आवरणमा बसेर खेलक्षेत्रमा व्यक्तिगत स्वार्थ र अभीष्ट पूरा गर्न खोज्दा समस्या आएको समेत भनाइ राखे । सहभागीलाई नेपाल भलिबल सङ्घका रेफ्री निर्देशक तथा अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवाले प्रशिक्षण दिएका  थिए । तालीममा सहभागी १२ राष्ट्रिय रेफ्री र ४८ जना प्रदेशस्तरीय रेफ्रीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।  रासस
–––