🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

आईसीसी टी–२० विश्वकप : अभ्यास खेलमा श्रीलंका विजयी

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको अभ्यास खेलमा श्रीलंका विजयी भएको छ । शुक्रबार राति भएको खेलमा श्रीलंकाले आयरल्याण्डलाई ४१ रनले पराजित गरेको हो । 

श्रीलंकाले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर १६३ रन बनाएको थियो । आयरल्याण्डको पारि भने १८.२ ओभरमा १२२ रनमा समेटिन पुग्यो । टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले सर्वाधिक ३२ रनको नटआउट पारि खेल्दा कप्तान वानेन्दू हसरंगाले २६ रन जोडे । 

त्यसैगरी पथुम निसनकाले २२ रन बनाउँदा दासुन सनकाले २३ रन बनाए । यसैगरी सदिरा समरविक्रमा र कुसल मेन्डिसले १३–१३ रन जोडेका थिए । आयरल्याण्डका जोस लिटल र बेरी म्याकार्थीले दुई दुई विकेट लिए ।

जवाफमा मध्यम सुरुआत गरेको आयरल्याण्डले जित भने निकाल्न सकेन । आयरल्याण्डका लागि कर्टिस कामफरले २६ रन बनाउँदा कप्तान पौल स्र्टलिङले २१ रन जोडे । 
त्यसैगरी जर्ज डर्केलले १७ रन बनाउँदा एन्डी बालवर्नीले १६ रन बनाएका थिए । हेरि टेक्टरले १३ तथा लोरकन टकरले ११ रन बनाए ।

आयरल्याण्डलाई रोक्ने क्रममा श्रीलंकाका दसुन सनकाले ३.२ ओभरमा २३ रन खर्चिएर ४ विकेट लिँदा महिसा तिक्षणा र वानेन्दू हसरंगाले दुई दुई विकेट लिए । टी २० विश्वकप आइतबारदेखि सुरु हुँदैछ । श्रीलंका समूह डीमा रहेको छ भने आयरल्याण्ड समूह 'ए' मा रहेको छ ।

यस्तै, अर्को अभ्यास खेलमा अफगानिस्तानले स्कटल्याण्डलाई ५५ रनले पराजित गरेको छ ।