🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मध्य रातमा मोबाइल पसल चोरी गर्ने कुमार मोक्तान पक्राउ

 काठमाडौँ । गोरखामा एक मोबाइल पसलबाट चोरी गरिएका सामानसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली जिल्ला घर बताउने २० वर्षीय कुमार मोक्तान रहेका छन् । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं.८ चाइनिजधारास्थित डिउटीमा खटिएका प्रहरी हवल्दार सन्तोष परियार र प्रहरी सहायक हवल्दार मधुसुदन बिष्टले निज मोक्तानलाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी लिँदा निजको साथबाट मोबाइल थान-१२, पावर ब्यान्क थान-१, स्पिकर थान-२, नमस्तेको नयाँ सिमकार्ड थान-८, एनसेलको नयाँ सिमकार्ड थान-१२, मोबाइलको स्क्रिन ग्लास थान-३, नगद रु.२०५।– र सानो झोला थान-१ सहित फेला पारेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

अनुसन्धानको क्रममा निज कुमार मोक्तानले मिति २०८१ जेठ १५ गते राति अन्दाजी १२:३० बजेको समयमा गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं.६ कालीमाटीस्थित रहेको प्रविण मोबाइल पसलबाट चोरी गरी ल्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

यस चोरी घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।