🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कंगोमा सैनिक विमान दुर्घटनाग्रस्त, कैयौँ सैनिक मारिएको आशङ्का

किन्सासा, १४ असोज (रासस/सिन्ह्वा) : कंगोमा यहाँको राष्ट्रिय सेनाको एक कार्गाे बिमान शनिबार बिहान दुर्घटनामा परेको छ ।

सो विमानमा चालक दलका नौ जना सदस्य र अरुप नि केही सैनिक रहेको हुनसक्ने अनुमान गरिएको छ । उक्त विमान दुर्घटनाग्रस्त भएको स्थान पत्ता लागेकोले सो क्षेत्रमा अर्काे विमान जान लागेको छ ।

सेनाको सो जहाज कार्गाे लिएर गएको थियो । उक्त विमान राजधानी किन्सासाबाट कामेलीतर्फ लागेको थियो । तर जहाजमा प्राविधिक समस्या देखा परेकोले कामेली जान नसही बिमान राजधानीतर्फ नै फर्केको थियो ।

दुर्भाग्यबस राजधानी किन्सासा पुग्नुभन्दा केही समयमात्र अघि जहाज दुर्घटनामा परेको छ । राजधानी किन्सासा पुग्न करिब १०० किलोमीटर बाँकी रहँदा सो विमान खेतमा खसेको थियो ।

सैनिक स्रोतले आफ्नो नाम नबताउने सर्तमा सो विमानमा रहेका सबैजनाको ज्यान गएको बताएको छ । त्यस विमानमा अरु कतिजना यात्रु थिए भन्ने बारेमा अझै स्पष्ट भएको छैन ।