🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सिद्धबाबा सडक अवरुद्ध, यात्रु अलपत्र

रामपुर, पाल्पा, १४ असोज (रासस) : पाल्पा–बुटवल सडकखण्डअन्तर्गत सिद्धबाबा सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । विद्युत् लाइन ड्याम नजिकै पहिरो खसेपछि गएरातिदेखि नै बाटो अवरुद्ध बनेको हो ।

शुक्रबार साँझ परेको अविरल वर्षाका कारण सडक माथिबाट पहिरो खसेपछि बाटो अवरुद्ध बनेको छ । बाटो अवरुद्ध हुँदा सयौँ यात्रु तथा सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् ।

सडक माथिबाट ठूलाठूला चट्टासहितको पहिरो खसेकाले उद्धारमा कठिनाइ भएको छ । गएरातिदेखि नै पहिरो हटाउने कार्य भए पनि अहिलेसम्म सडक खुल्न सकेको छैन । पहिरो हटाउनका लागि डोजर, स्काभेटर प्रयोग गरिए पनि ठूलाठूला ढुंगा भएकाले समस्या परेको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक शान्तबहादुर बस्नेतले बताए  ।
–––