दोस्रो चरण निर्वाचनको परिणाम लगभग आइसकेको छ । हाम्रो पार्टीले पहिलो चरणको निर्वाचनमा ४६ स्थानमा विजयी हासिल गरेको भए पनि दोस्रो चरणमा ३८ स्थानमा मात्रै जीत दर्ता गराएको छ । यो हाम्रो अपेक्षाभन्दा निकै कम हो । हामीले त यो निर्वाचनमा झन्डै १०० स्थानीय तहमा विजय हासिल गर्ने अनुमान गरेका थियौं । तर, हाम्रो अपेक्षा अनुसार स्थानीय तह जितेनौं । यसमा गम्भीर समीक्षा गरेर आउ“दा दिनमा सुधार गर्नेछौं ।
स्थानीय तहमा हामीले अपेक्षा गरे अनुसार जीत निकाल्न नसके पनि मतका हिसाबले भने हाम्रो पार्टीले अपेक्षा गरेअनुरुप नै जनताको साथ पाएको छ । दोस्रो चरणको निर्वाचनमा ५२ स्थानीय तहमा हाम्रा उम्मेदवार ५ सय कम मतले पराजित भएका छन् । अधिकार सम्पन्न स्थानीय तह माओवादीको एजेन्डा भएकाले हामीले जसले जीते पनि यो जीतलाई पार्टीकै जीतका रुपमा लिएका छौं । हाम्रो एजेन्डा सफल भएकाले हामी सन्तुष्ट छौं ।



