🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गोली लागेका स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको खतरा मुक्त 

काठमाडौं । युरोपेली देश स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको खतरा मुक्त भएको जनाइएको छ ।

५६ बर्षीय प्रधानमन्त्री फिकोमाथि बुधबार आक्रमणकारीले पाँच राउण्ड गोली हानेका थिए । आक्रमणकारीको उमेर ७१ वर्ष रहेको जनाइएको छ । 

पाँच राउण्ड गोली हानेकामा एउटा प्रधानमन्त्री रोबर्टको पेटमा लागेको थियो । पेटमा गोली लागेपछि साढे ३ घण्टा लगाएर उनको शल्यक्रिया गरिएको त्यहाँको उपप्रधानमन्त्री थोमस ताराबालले सञ्चारमाध्यमलाई जानकारी दिए । ताराबाले फिकोको शल्यक्रिया गरिएको बताउँदै स्वास्थ्यमा सुधार आएको जानकारी दिएका हुन् ।

बुधबार ह्यान्डलोवा सहरमा रहेको सांस्कृतिक हलबाहिर प्रधानमन्त्री भाषण दिइरहेका बेला उनिमाथि आक्रमण भएको हो । प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिएको छ र सोधपुछ जारी राखेको जनाएको छ । स्लोभाकियाकी राष्ट्रपति जुजाना कापुटोभाले आक्रमणको निन्दा गरेकी छन ।  

यस्तै, घटनापछि गृहमन्त्री माटेउज सुताज इस्टोकले आक्रमण राजनीतिक रूपमा प्रेरित भएको टिप्पणी गरेका छन । राजधानी ब्राटिस्लाभाबाट करिब १८० किलोमिटर टाढा रहेको ह्यान्डलोभा सहरमा आक्रमण भएको हो । युरोपेली आयोगका प्रमुखले आक्रमणको निन्दा गरेका छन । फिकोले ३० सेप्टेम्बर २०२३ मा स्लोभाकियामा संसदीय चुनाव जितेका थिए ।