🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

क्रान्तिकारी माओवादीको शुभकामना

काठमाडौँ, २२ कात्तिक  : नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले नेपाल संवत् ११३९ को अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गरेको छ । 

उक्त पार्टीका महासचिव मोहन वैद्यले आज एक शुभकामना सन्देश जारी गरी देशको नामबाट संवत्को नाम राखिनु अत्यन्तै गौरवको विषय भएको बताए । नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाःबाट उठाइएको राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान र उत्पीडित वर्ग, जाति तथा समुदायको मुक्ति अभियान पूरा गर्नेतर्फ सबै लाग्नुपर्नेमा वैद्यले जोड दिए । 

शुभकामना सन्देशमा उनले सबै उत्पीडित समुदाय र श्रमजीवी वर्गको स्वतन्त्रता, मुक्ति र देशको सर्वभौमिकताको अभियान अझै सशक्त रुपमा अगाडि बढाउनका लागि जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन । 
–––