🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मुक्तिनाथ क्यापिटलको संचालकमा लिलानाथ ढकाल नियुक्त

काठमाडौं । मुक्तिनाथ क्यापिटलको संचालकमा लिलानाथ ढकाल नियुक्त भएका छन् । मिति २०८१ बैशाख २० मा बसेको संचालक समितिको बैठकले ढकाललाई कम्पनीको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । 

मनास्लु ट्रेडिङ्गलाई स्थापित गरी हाल प्रोपाईटरको रुपमा काम गरेका उनीसँग अन्य विभिन्न संस्थामा उच्च व्यवस्थापन पदमा काम गरेको अनुभव रहेको छ । उनले हाथवे फाइनान्स कम्पनी लि. (हालको ग्लोबल आइएमई बंैक लि.) मा वि.सं.२०७४ देखि २०७६ सम्म संचालक पदमा र अन्य विभिन्न संस्थामा पनि व्यवस्थापकीय भूमिकामा सफलतापुर्वक काम गरेका छन् ।

ढकालले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र तथा अर्थशास्त्रमा स्नातक पनि गरेका छन् । आफ्नो बृहत कार्य अनुभव र दक्ष व्यवस्थापकिय क्षमताका कारण बोर्डका नवनियुक्त संचालक लिला नाथ ढकालले आगामी दिनमा सेवाको विस्तार र अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा मुक्तिनाथ क्यापिटलले गरेको छ ।