🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पटाकाले आतङ्क : प्रहरी रमिते 

परासी, २२ कात्तिक (रासस) ः तिहार र छठ पवर्का बेला पश्चिम नवलपरासीमा रमाइलोका लागि पटाका पटकाउँदा आतङ्क नै भएजस्तो हुन्छ । 

खुला सीमानाकाको फाइदा उठाउँदै भारतीय बजार ठुटीबारीबाट गैरकानूनी रुपमा सदरमुकाम परासीसहित मुख्य बजारमा भित्र्याइएका पटका

पड्काउँदा स्थानीयवासी आतङ्कित भएका हुन् । 

जिल्ला प्रशासन कार्यालयले दीपावलीको समयमा पटाकाजज्य विष्फोटक पदार्थ पट्काउन बर्जित गरे पनि गैरकानूनी रुपमा भित्रिने पटाकाले साँझको समयमा एक किमिसको आतङ्क नै सिर्जना गरेको पाल्हीनन्दनका अशोक गुप्ता बताउछन्  । साँझको बेला आतङ्क नै सिर्जना हुने गरी पटाका पड्काइदासमेत प्रहरीले कुनै चासो नदेखाएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष रामजी ज्ञवालीको आरोप छ । 

परासी बजार क्षेत्रमा ठूलो र चर्को आवाज दिने पटाकाको आवाजले आतङ्क मच्चाउने गरेको अर्का स्थानीयवासी जीतेन्द्र गुप्ता गुनासो गर्छन  । भारतीय बजारमा दीपावलीको अवसरमा उत्सवको रुपमा पट्काइने पटाकाजन्य विष्फोटक पदार्थले नेपाली बजारमा पनि स्थान पाउँदै आएको छ । 

चाडपर्वका बेला सीमामा जाँचका क्रममा ठूलो परिमाणमा पटाकाजन्य विष्फोटक पदार्थ बरामद भए पनि यस्ता सामान दिनहुँ भित्रिने क्रम भने यथावत छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्ट पटाकाजन्य विष्फोटक पदार्थको प्रयोग तथा बिक्री वितरण नियन्त्रणमा प्रहरीले सक्दो प्रयास गरिरहेको बताउनुहुन्छ ।

सीमाक्षेत्रमा पनि कडा जाँच भइरहेको उनकोे भनाइ छ । पृथ्वीचन्द्र अस्पतालका डा अनन्त शर्माका अनुसार पटकाबाट निस्कने धुँवाले फोक्सोको सङ्क्रमण, हृदयघात र क्यान्सर हुनसक्छ । 
–––