🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वामपन्थी नेता मास्केको निधन

चितवन, २१ कात्तिक (रासस) : जिल्लाका पुराना वामपन्थी नेता सूर्यबहादुर मास्केको गए राति निधन भएको छ । लामो समयदेखि मधुमेह, उच्च रक्तचापलगायतका समस्याबाट बिरामी परेका उको उपचारको क्रममा गए राति चितवन मेडिकल कलेजमा निधन भएको हो । 

विसं १९९२ मङ्सिरमा भोजपुर जिल्लामा जन्मिएका मास्केले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको हातबाट १८ वर्षको उमेरमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका  थिए  । २०१६ सालबाट उनी  चितवनमा बसाइँ सरेर आएका हुन्  । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला नेता तेजेन्द्र खड्काका अनुसार उनले विभिन्न आन्दोलनमा महत्वपूर्ण भूमिका निभाएका थिए । लामो समयसम्म उनी  पार्टीको सल्लाहकारको रुपमा रहँदै आएको थियो । यससंँगै रेडक्रस र शिक्षा क्षेत्रमा समेत उनले योगदान पु¥याउनुभएको थियो । 

जिल्लाका अधिकांश प्राथमिक सरकारी विद्यालय खोल्न मास्केले योगदान रहेको छ । अहिले ज्येष्ठ कम्युनिष्ट मञ्चको सल्लाहकार रहेका मास्के गोरखामा हुँदा बाल सङ्गठनको जिल्ला सभापति र पछि केन्द्रीय उपाध्यक्ष भएको थियो । चितवनमा सुस्तःमनस्थिति कल्याण संस्थाको संस्थापक बनेका उनको संलग्नता नेपाल रेडक्रस सोसाइटी, नेत्र ज्योति सङ्घ, लायन्स क्लबलगायतका संस्थामा रहेको छ । 

स्व मास्केका एक श्रीमती, दुई छोरा र एक छोरी छन् । कान्छा छोरा अमेरिका भएकाले उनी  फर्केपछि शनिबार अन्त्येष्टि गरिने भतिजा रोशन मास्केले बताए ।