🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मस्कको सुझाव- रकेट एक-अर्कामा होइन, ताराहरुमा पठाउ

काठमाडौँ । स्पेसएक्सका मालिक एलन मस्कले इजरायल र इरानबीच बढ्दो तनावबीच शान्तिको अपील गरेका छन् ।

आफ्नो एक्स ह्यान्डलमा आफ्नो सबैभन्दा शक्तिशाली रकेट स्टारसिपको फोटो सेयर गर्दै मस्कले एक-अर्कालाई होइन, ताराहरूमा रकेट पठाउनुपर्छ भनेका छन् ।

इरानले आक्रमण गरेको ६ दिनपछि शुक्रबार बिहान इजरायलले इरानमा ड्रोन र मिसाइल प्रहार गरेको दाबी गरिएको थियो । तर इरानले भने इजरायलले कुनै आक्रमण नगरेको दाबी गरेको छ ।  

यहि अप्रिल १३ मा इरानले इजरायलमा ३०० भन्दा बढी मिसाइल प्रहार गरेको थियो । यस अवधिमा उनीहरूले इजरायलको नेभाटिम एयरबेसलाई निशाना बनाएपनि इजरायलले लगभग सबै आक्रमणलाई असफल बनाएको थियो ।