🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दुर्घटनामा दुईको मृत्यु

रसुवा, १२ कात्तिक (रासस) ः कालिका गाउँपालिका–४ आम्बासमा भएको टिपर दुर्घटनामा आज दुई जनाको मृत्यु भएको छ । 

बालुवा बोकेर पारच्याङतर्फ गइरहेको बा ४ ख ८३६६ नम्बरको टिपर दुर्घटना हुँदा नौकुण्ड गाउँपालिका–३ का ४१ वर्षीय कामी तामाङ र १५ वर्षीय प्रकाश तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष तामाङले जानकारी दिए ।

 

घाइते चालक जीवराम थोक्रासहित तीन जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । उक्त टिपर सडकदेखि २०० मिटर तल खसेको बताइएको छ । 
–––