🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ओलीकी ‘साली’ डा.अञ्जान शाक्य राष्ट्रियसभाका लागि सिफारिस !

काठमाडौं । सरकारले राष्ट्रियसभाको सदस्य पदमा अञ्जान शाक्यलाई मनोनयन  गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । २०८० चैत ३० गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हाे  ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा.अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष बैठकले सिफारिस गरेको जानकारी दिइन ।

राष्ट्रपतिबाट मनोनीत हुने एक राष्ट्रियसभा सदस्य पद रिक्त रहेको थियो । सोही रिक्त पदमा पूर्व राजदूत समेत रहेकी शाक्य एमाले कोटामा सिफारिस भएकी हुन् । ‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा’ बोलको गीतमा स्वर समेत दिइसकेकी शाक्यलाई एमाले अध्यक्ष केपी ओलीले ‘साली’ भनेर सम्बोधन गर्ने गरेको निकटस्तहरु बताउने गर्छन ।

शंखुवासभाकी उनी ओली पत्नी राधिका शाक्यको आफ्नै बहिनी भने होइनन् । व्यवस्थापन विषयमा विद्यावारिधि गरेकी शाक्यले पद्मकन्या कलेजमा एक दशक प्राध्यापन समेत गरेकी थिइन । इजरायलका लागि राजदूत भइसकेकी उनी पूर्वसांसद अजयक्रान्ति शाक्यका पत्नी हुन् ।